क्षेप्यास्त्र हमलाको प्रतिक्रियामा परमाणु बम प्रहार गर्ने रुसको चेतावनी



मस्को (एजेन्सी) ।

रुसले आफनो परमाणु नितिमा ब्यापक संशोधन गरेका घोषणा गर्दै यदी कसैेले आफुमाथि कुनै प्रकारको ब्यालेस्टिक क्षेप्यास्त्र हमला गर्छ भने त्यसका जवाफमा परमाणु बम प्रहार हुन सकने जनाएको छ । रुसी रक्षा मन्त्रालयले विहिबार परमाणु हमला गर्ने सर्तमा भएको संशोधनको जानकारी दिँदै आक्रमणमा प्रहारमा कुनै पनि क्षेप्यास्त्रलाई परमाणु लेस मिसाइल मान्ने जानकारी दिए ।

कुनै प्रकारको स्वचालित क्षेप्यास्त्रबाट हुने हमला देशका शिर्ष नेतृत्वलाई सम्पुर्ण जानकारी दिइने रुसी रक्षा मन्त्रालयको अखबार रेड स्टारले वरिष्ठ सैन्य वैज्ञानिक अलेक्ज्यान्डर खारापिन र रुसका जनरल स्टाफ सदस्य एन्ड्री स्टर्लिनलाई उदृति गर्दै लेखेको छ । त्यतिबेला परिस्थितिको हिसाबले न्युक्लियर फोर्स प्रतिक्रियाका रुपमा प्रयोग गर्ने नगर्ने निर्धारण गर्ने बताइएको छ ।

रुसको क्षेप्यास्त्र हमला थाहा पाउने चेतावनी प्रणाली प्रक्षेपित क्षेप्यास्त्र परमाणु हतियारबाट लेस हो वा होइन थाहा पाउन सक्षम नभएको रक्षा मन्त्रालयका ती अधिकारीहरुले बताएका छन् । यदि त्यो परमाणु क्षेप्यास्त्र भएमा आफुहरु प्रतिक्रिया दिनमा चुक्न सक्ने उनीहरुले बताए ।

अमेरिका र रुसबीच परमाणु हतियार कम गर्ने सम्झौता (न्यु स्टार्ट) सन् २०२१ फेब्रुअरीमा समाप्त हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्म्पले यस सम्झौताको यो सीमा बढाउन अस्विकार गरिसकेको छ । उनका अनुसार उक्त सम्झौता रुसको पक्षमा छ । यो सन्धिले रणनितिक परमाणु अस्त्रको संख्या सीमित गर्छ र दुबै देश एक अर्काको निगरानी गर्न अनुमति दिन्छ । यस स्थितिमा सम्झोता समाप्त हुनुले दुबै देशबीच पुन हतियार दौड शुरु हुन सक्ने छ ।

यसबीच अमेरिका र रुसले खुला आकास सन्धि पनि समाप्ता पार्दैछ ट्रम्पले यसका लागि रुसलाई जिम्मेवार ठहर्याएको छ । यस सन्धि अन्तर्गत ३० भन्दा धेरै देश एक अर्कोको हवाई क्षेत्रमा हतियार बिना निगरानी उडान अनुमति दिन्छ । दशकौं पहिला यो ब्यवस्था परस्पर विश्वास बढाउन र संघर्ष टाल्नका लागि शुरु गरिएको थियो । रुसले सम्झौताको उलंघन गरिरहेकोले अमेरिकाले उ यस सन्धिबाट बाहिरिन चाहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्