स्वास्थ्य मन्त्रालयद्वारा चाडपर्व मनाउँदा पालना गर्नुपर्ने मापदण्ड जारी



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारी फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-२०७७ जारी गरेको छ ।

आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोरोनाको संक्रमण फैलिन नदिनका लागि सो मापदण्ड तयार पारेको मन्त्रालयले जनाएको छ । मापदण्ड अनुसार एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ । चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र जानै परेमा मास्क स्यानिटाइजर प्रयोग गर्नुपर्ने जनाइएको छ ।

चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड-२०७७

Guidelines-feast-and-festivals-Final-Endorsed-6-Aug-2020

प्रतिक्रिया दिनुहोस्