आयो वीर गोर्खाली



गीतकार अम्बिका गुरुङद्वारा रचित मेरो पुर्खा वीर गोर्खाली बोलको गीत सार्वजनिक गरिएको छ।
म्युजिक भिडियोका साथ सार्वजनिक गरिएको गीतमा संगीत र स्वर शंकर थापा स्माइलको रहेको छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्।

गीतको म्युजिक भिडियो निशान कास्यप घिमिरेले निर्देशन र सम्पादन गरेका छन्। राष्ट्रिय भावनाको गीतको भिडियोमा राष्ट्रियता देखाइएको छ। म्युजिक भिडियोमा रूप कार्की र मनोज ओलीलाई फिचरिङ गरिएको छ। भिडियो बुद्ध थापाले छायांकन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्