अख्तियारका एक चालकसहित २२ प्रहरीमा कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालका २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक जना चालकसहित २२ प्रहरीमा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ । आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको छ । यस्तै, केही कर्मचारीको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

हालसम्म एक सय ८२ कर्मचारीको कोरोना परीक्षण भइसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्