कोरोना संक्रमित मन्त्री यादवले प्रधानमन्त्रीसहित प्रहरी महानिरीक्षकलाई भेटेका थिए



न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।केही दिन काठमाडौं बसेर जनकपुर फर्किएका यादवमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको हो । उनले काठमाडौंमा प्रधानमन्त्री केपी शमौ ओली लगाएत प्रहरी महानिरीक्षक, गृहमन्त्री र कानुन मन्त्रीलाई पनि भेटेको खुलेको छ ।

कोरोना संक्रमण पुष्टि भएका यादव अहिले जनकपुरमै होम आइसोलेसनमा छन् । उनी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा उपस्थित भएका थिए ।

उक्त बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षक भेला भएका थिए । यस्तै, यादवले कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि भेटघाट गरेको खुलेको छ । जनकपुरमा उनको सम्पर्कमा रहेका मानिसमा गरिएको परीक्षणमा मन्त्रालयका अन्य सात जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्