बिज्ञहरुसंग ४ घण्टा छलफलपछि पुन: लकडाउन गर्ने ओलीको प्रतिबद्धता



न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा कोरोनाको जोखिम बढेसंगै पुन: लकडाउन गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जनस्वास्थ्यका बिज्ञहरु र सिसिएमसीका पदाधिकारी सहितको छलफलमा ओलीले बिज्ञहरुको सुझाव नै कार्यान्वन गरिने बताएका हुन् । छलफलमा स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुहरु पनि उपस्थित थिए ।

छलफलमा सहभागी अधिकांशले पुन: लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । भने कतिपयले कडा कदम चाल्दै कर्फ्यु नै लगाउनु पर्ने सुझाव दिएका थिए ।

काठमाडौं लगायत देशका अधिकांश मुख्य शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहेकाले विज्ञहरुका सुझावलाई महत्वपूर्ण रुपमा लिँदै कार्यान्वयनमा लैजाने निष्कर्ष निकालिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए । छलफल करिब ४ घण्टा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्