कोरोना भाइरसको अचुक उपचार सम्भव नहुन सक्छ : डब्ल्युएचओ



जेनभा (एजेन्सी) ।

विश्व स्वास्थ्य संगठनले कोविड १९ बाट बच्न खोप बनाउने दौडमा तिब्रता आइरहेको भएपछि कोरोना भाइरसको जवाफमा कुनै अचुक समाधान सम्भवत कहिल्यै नआउन सक्ने बताएको छ ।

भारत जस्ता देशमा पसारण दर अत्यन्त धेरै छ त्यसैले भारतले धरै लामो लडाईका लागि तयार रहुन पर्ने डब्ल्युएचओले जनाएकोछ । डब्ल्युएचओका निर्देशक टेड्रोस एडनमले एक भर्चुएल प्रेस कन्फरेन्समा भने, अहिले यसको कुनै रामवाण छैन र सायद कहिल्यै हुँदैन पनि होला ।

अहिल्यै स्थिति सामान्य हुनमा समय लाग्ने उनले बताए । ३ महिना अघि डब्ल्युएचओमा इमर्जेन्सी कमिटी बनेको थियो । त्यसपछि विश्वभरी संक्रमणको केस पाँच गुणा बढी १ करोड ७५ लाख पुग्यो र मृत्युको आंकडा ३ गुणा बढेर ६ लाख ८० हजार भयो ।

टेड्रोस र डब्ल्युएचओका इमरर्जेन्सी प्रमुख माइक रायनले सबै देशसँग मास्क लगाउन, सामाजिक दुरी कायम राख्न, हात धुन र परीक्षण गर्ने जस्ता कदम चाल्ने कुरामा कडा निति अख्तियार गर्नु पर्ने बताए । नागरिक र सरकारका लागि सबै कुरा गर्नु पर्ने सन्देश प्रष्ट रहेको टेड्रोसले बताए । मास्क र ब्यक्तीबीच एक जुटताका प्रतिक बन्नु पर्ने उनले थपे ।

धेरै जसको खोप अहिले तेस्रो चरमा क्लिनिकल परीक्षणमा छन् र धेरैजसो खोप मानिसलाई संक्रमणबाट बचाउन बन्ने छ भन्ने हामीले अपेक्षा गरेका छौं । यद्यपी अहिलेको समय कुनै अचुक उपचार छैन र सम्भवत कहिल्यै हुने छैन पनि होला ।

यसैबीच रायनले ब्राजिल र भारत जस्ता देशहरुमा भाइरस प्रशारण दर अत्यधिक रहेको र ती देशहरुले ठुलो लडाइ लड्न तयार रहनु पर्ने बताए । अहिले नै यसबाट बाहिर निस्कने मार्ग लामो भएको र यसका लागि प्रतिबद्धता आवश्यक भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्