बार्सिलोनाले फाटीका लागि ३ सय ६० मिलियन खर्च गर्ने



मेड्रिड, (एजेन्सी) ।

उदीयमान युवा खेलाडी आन्सु फाटीका लागि बार्सिलोनाले लोभलाग्दो रकम खर्च गर्ने सक्ने स्रोतले जनाएको छ।

स्पेनी ला लिगा महारथी बार्सिलोनाले फाटीका लागि ३ सय ६० मिलियन पाउन्डमा अनुबन्ध नवीकरण गर्न लागेको स्रोतको दाबी छ। स्पेनमा प्रकाशित हुने अखबार मार्काले जनाएअनुसार बार्सिलोनाले क्लबमै उनको भविष्य सुरक्षित गर्न लागेको हो। यति रकमको आधा पनि युरोपका अन्य शीर्ष क्लबले खर्च गर्न नसक्ने पनि बताइएको छ।

१७ वर्षीय फाटीले यस सिजनमा बार्सिलोनाका लागि ३२ खेलमा सहभागिता जनाएका थिए। उनले ८ गोलसमेत गरेका छन्। उनी सो क्लबमा सन् २०२२ सम्मका लागि अनुबन्ध भएका हुन्। तर, बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले फाटीलाई जीवनभरका लागि क्लबमा राख्ने बताएका छन्।

उनले भने– ‘केही क्लबहरूले उनीमाथि चासो लिइरहेका छन्। कसैले प्रस्ताव ल्याएमा बार्सिलोनाको उत्तर हुन्न हुनेछ। आन्सु बिक्रीमा लागि होइनन्, क्लबको भविष्यका लागि उनको आवश्यक छ। उनको प्रतिनिधित्वले संस्थाका खेलाडीहरू बाहिर आउन मद्दत हुनेछ।’
फाटी युवा टोलीबाट सीधै शीर्ष टिममा छलाङ मारेको खेलाडी भएको पनि अध्यक्ष जोसेपले बाएका छन्। उनले भने– ‘उनी अलग छन्, उनीजस्ता खेलाडी अरू देखिएका छैनन्। त्यसैले, बार्सिलोनाले उनलाई बेच्न सक्दिैन। हालको महामारीको समयमा पनि क्लबका लागि आर्थिक समाधान हुन्छ भने पनि उनलाई बेचिने छैन।’

प्रतिक्रिया दिनुहोस्