राईलाई आर्थिक सहयोग



काठमाडौं, (नेस) । 

सल्यान जिल्ला खेलकुद विकास समितिका एथ्लेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथ्लेटिक्स संघ र कीर्तिमानी पूर्वधावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका छन्। राईको हाल काठमाडौं रिसर्च सेन्टरमा उपचार भइरहेको छ। राईलाई क्लबका संस्थापकद्वय उमेश रोकाया र यज्ञप्रसाद देवकोटाले रकम हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्