इरानमा कोरोनाबाट मर्नेको संख्यामा गडबडी



तेहरान ,( एजेन्सी ) ।

विविसिको पर्सियाली सेवाले गरेको अनुसन्धानबाट इरानको सरकारले दावी गरे भन्दा इरानमा कोरोना भाइरसको कारण मर्नेको संख्या तेब्बर रहेको पत्ता लागेको छ । सरकारी तथ्यांक अनुसार इरानमा १४ हजार ४ सय ५ जनाको मृत्यु भएको जनाइएको छ ।

तर २० जुलाई सम्ममा कोभिड १९ को लक्षणबाट झण्डै ४२ हजार मरिसकेको सरकारको आफ्रनै प्रतिवेदनहरुमा उल्लेखित भएको विविसिले जनाएको छ । संक्रमितको संख्या पनि दोबबर फरक रहेको बताइएको छ ।

इरानको स्वास्थ मन्त्रालयले २ लाख ७८ हजार ८ सय २७ जनाएको छ भने यसको वास्तविक संख्या भने ४ लाख ५१ हजार २४ रहेको बताइएको छ । चीन बाहिर कोरोना भाइरसले अत्यन्तै नराम्ररी गाँजेका मुलुक मध्ये इरान पनि एक हो ।

पछिल्ला केहि साता यता भाइरस संक्रमणको घटना तिव्र रुपमा बढिरहेको छ । अहिले सम्ममा राजधानी तेहरानमा सबैभन्दा बढि अर्थात ८ हजार १ सय २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्