अब ९० मिनेटमै कोरोना परीक्षणको रिपोर्ट !



कोरोना परीक्षणका लागि नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ ‘जीवन रक्षक’ कोरोनाभाइरस परीक्षण विधि निर्माण गरिएको छ ।

उक्त विधिबाट कोरोना संक्रमण वा अन्य मौसमी बिरामी भन्ने सजिलै छुट्याउन सकिने बताइएको छ । आगामी साताबाट यूकेमा सुरु गरिन लागेको सो विधि निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन् । हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्नछ ।

सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ। स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले भने, – कोरोनाभाइरसको नयाँ तीव्र परीक्षणले ९० मिनेटभन्दा कम समयमा यथास्थानमै नतिजा दिएर हामीलाई कोरोनाभाइरसको लहर रोक्न मद्दत गर्नेछ।’

(बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्