जनैपूर्णिमा र रक्षा बन्धनको अवसरमा पशुपति परिसरमा देखिएका केही झलक (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

आज श्रावण शुक्ल पूर्णिमाको दिन जनैपूर्णिमामा पशुपति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ ।

आत्मा शुद्धीकरण र शरीरको रक्षाका लागि आज पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ। यस दिन चना, मास, भटमास, केराउ, मुङ, राजमा, चना, बकुल्ला र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन समेत रहेको छ।

आज काठमाडौँको पशुपतिनाथ मन्दिर लगाएत, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा मेला लागेको छ ।

तस्वीर : अनिल आङदेम्बे

 

प्रतिक्रिया दिनुहोस्