विषाक्त रक्सीबाट ८६ को मृत्यु



नयाँदिल्ली,(एजेन्सी)

उत्तरी भारतिय राज्य पँजावमा अवैध रुपमा घरमै निर्मित रक्सी सेवनको कारण पछिल्ला दिनहरुमा कम्तिमा छयासी जना मानिसको अकालमा ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् । शनिवार प्रहरीले एकसयवटा भन्दा बढि विभिन्न शंकास्पद स्थानमा छापा मारेर अवैध रक्सी जफत गर्नुका साथै पचिसजना आशंकितलाई गिरफतार गरेका छन् ।

केहि दिनदेखि यस्तो विषाक्त रक्सी सेवनको कारण मर्नेको संख्यामा वृद्धि हुन थालेको हो । यसरी लुकीछिपी बनाइने रक्सीको कारण भारतमा वर्षेनी सयौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् । शुक्रवार पंजावकामुख्यमन्त्री अमरिन्दर सिंहले मृतयु सम्बन्धमा गम्भीर छानविन गर्न आदेश दिएका थिए ।

प्रारमिभक अनसन्धानबाट ठूलो परिमाणमा उत्पादन हुनगेरेको यस्तो अवैध रक्सीे सडक छेउका क्याफे मालिकहरुलाई बिक्रि हुने गरेको र तिनीहरुबाट नै स्थानिय समुदायमा त्यसको वितरण गँिदै आएको खुलेको छ । शुक्रवार पनि दक्षिणी भारयित राज्य आन्ध« प्रदेशमा रक्सीको विकल्पको रुपमा स्यानिटाइजर सेवन गर्दै अँएका दसजनाको मृत्यु भएको सार्वजनिक भएको थियो ।

अवैध धन्धामा लाग्नेहरुले स्थानिय घरेलु मदिरालाई कडा पार्न अत्यन्तै विषाक्त अल्कोहल मिथानोल त्यसमा मिसाउने गरेको पाइएको छ । थोरै पररिमाणमा मात्र मिथानोल सेवन गर्दा पनि अन्धो बन्ने , कलेजो क्षतिग्रस्त हुने तथा मृतयु सेमत हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्