भारतका गृहमन्त्री शाहलाई कोरोना संक्रमण



एजेन्सी ।भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले आईतबार एक ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

उनले आफूलाई कोरोना संक्रमण भएपनि स्वास्थ्य स्थिति सामान्य रहेको र डाक्टरको सल्लाहका कारण अस्पाताल हुने बताएका छन् । मन्त्री शाहले आफ्नो सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । यसअघि आजै भारतकी एक प्रदेश मन्त्रीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गृह मन्त्री शाह भारतमा कोरोना संक्रमित हुने पहिलो उच्च अधिकारी हुन् । भारतमा हालसम्म १७ लाख ५० हजार ७२४ जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्