बीरगन्जमा ४५ कोरोना संक्रमित थपिए, मेयर सरावागीको परिवार नै संक्रमित



वीरगञ्ज । पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ ।
यता बीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावागीको परिवारमा पनि कोरोना सक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्