तानसेन-वुटवल सडकखण्ड भासियो,ठूला सवारी साधन नचलाउन प्रशासनको अनुरोध



कविराज नेपाल,पाल्पा ।

सधैँको जोखिमपूर्ण रहेको सिद्धार्थ राजमार्गमा पहिरो गई विभिन्न स्थानमा सडक अवरुद्ध हँुदै आएकोमा अविरल वर्षाका कारण उक्त खण्डको विभिन्न स्थानमा पहिरो आइ सडक पनि भासिन सुरु भएको छ ।

वर्षायाम सुरु भएसँगै दोभानस्थित पैठेडाँडा, सिद्धवावा, नागस्थान,गौडेपुल पानीमील लगायतका स्थानमा पटकपटक पहिरो जाने र ढुङ्गाखस्ने समस्या भैरहेकोमा पछिल्लो पटक विभिन्न स्थानमा पहिरो गइ सडक भासिन थालेको छ ।

सडक भासिए पछि आवागमनमा कठिनाइ भएको र जोखिमपूर्ण भएकाले संभावित दुर्घटनालाई मध्य नजर गर्देै ठूला सवारी साधन आवात जावत नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस अधि पनि जिल्ला प्रहरी कार्यालयले साझ सात वजेदेखि विहान ७ वजेसम्म अत्यावश्यक वाहेक यो सडकमा यात्रा नगर्न अनुरोध गरिसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एवम सूचना अधिकारी मदन गिरीले यो सडकमार्ग भएर यात्रा गर्दा निकै जोखिम भएकाले अत्यावश्यक नभइ यात्रा नगर्न अनुरोध गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले वैकल्पिक वाटोको अवस्था हेरी साना सवारी साधन मात्र गुडन सक्ने अवस्था भएको र ठूला सवारी साधान नचलाउन अनुरोध गरेको छ भने प्राविधिकको टोलीले हेरेर विकल्पको खोजी सहित सडक सुचारु गर्ने प्रयास भैरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्