इनफ इज इनफ अभियानमा खेलकर्मीको नजर



नेपाल समाचारपत्र, काठमाडौं

हाल विश्व कोरोना भाइरसको महामारीबाट असहज परिस्थितिमा रहेको छ। यसबाट नेपाल पनि बिस्तारै महामारीको चपेटाबाट ग्रसित हुँदै गएको छ। सरकारलाई कोरोना भाइरसप्रति सजग भएर काम गर्न नसकेको आरोप जनस्तरबाट लाग्दै आएको छ। सरकारले १० अर्ब कोरोनाबाट बच्न बजेट छुट्याएको छ। तर, यतिका रकम कहाँ के कति शीर्षकमा खर्च ग¥यो भन्ने कुनै हिसाब सार्वजनिक भएको छैन। पीसीआर टेस्टजस्ता कुरामा पनि सरकार पन्छेको जस्तो देखिन्छ। यसैले पनि हाल युवाहरूले कोरोनाबारे सरकारलाई सचेत गराउन इनफ इज इनफ अभियान चलाएका हुन्।

आन्दोलित युवाहरू कुनै पार्टीबाट सञ्चालित छैनन् भनिएको छ। उनीहरू स्वफूर्त आन्दोलनमा होमिएका छन्। तर, दिनैपिच्छे कुनै न कुनै पार्टीका नेताले उनीहरूलाई भेट्न आउने गरेका छन्।

केही दिनअघि मात्रै पनि नेपाली कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंह पनि अनशन बसेका युवालाई भेट्न आउनुभएको थियो। उहाँले बताउनुभयो कि इनफ इज इनफ अभियानलाई पूरै समर्थन छ। यस्तै, साझा पार्टी र विवेकशील पार्टीले पनि इनफ इज इनफ अभियानलाई समर्थन गरेको छ। साथै, दिनैपिच्छे नागरिकहरूले समर्थन दिइरहेका छन्।

यसबारे खेलकुदकर्मीहरूले पनि आ–आफ्नो प्रतिक्रिया राखेका छन्।

मिरा राई, अल्ट्रा धाविका
मलाई लागेको कुरा यो हो कि पहिले त सचेत हुनु जरुरी छ। किनभने यो महामारी विश्वमै फैलिएको छ। यसले विश्वको अर्थतन्त्रदेखि लिएर हरेक कुरालाई डामाडोल बनाएको छ। अरूले झैं नेपालीहरूले पनि महामारीको ठँलो असर व्यहोरिरहेका छन्। इनफ इज इनफ अभियानमा युवाहरू लागेका छन्। यसलाई सरकारको तर्फबाट सम्बोधन गरिनुपर्छ भन्ने हो। तर, आन्दोलनभन्दा पनि सरकार र इनफ इज इनफका मागहरू बारे छलफल भएर समाधानको बाटो खोजिनुपर्छ। वार्ताले नै यसको निकास निस्कन्छ भन्ने मलाई लाग्छ।

अनिल गुरुङ, पूर्वराष्ट्रिय फुटबलर
नेपालमा कोरोना संक्रमण निकै फैलिएको अवस्था छ। सचेत हुनुपर्ने अवस्था पनि आइसकेको छ। जनता सचेत भएनन् भने यो महामारीले भयावहको रूप लिन्छ। तर, इनफ इज इनफ अभियानले गरेको काम राम्रो हो। सरकारले कोरोनाबारे सचेत देखाएको देखिँदैन। हिसाब किताब पनि कहाँ खर्च भयो भनेर बुझाउन सक्नुप¥यो सरकारले। सरकारलाई ध्यानाकर्षण गर्नपर्छ। यतिका दिन जायज माग लिएर बसेका अभियन्ताप्रति सरकार गम्भीर हुनुपर्छ। यो सरकारबाट अन्याय नै हो हालसम्म पनि उहाँहरूको माग सम्बोधन नगर्नु।

दीपक श्रेष्ठ, प्रशिक्षक तथा पूर्वराष्ट्रिय कराँते खेलाडी
सरकारले इनफ इज इनफ अभियानलाई हालसम्म सम्बोधन नगर्नु दुखद कुरा हो। चित्त नबुझेमा आन्दोलन बस्ने टे«न्ड बस्छ भनेर सायद सरकारले यस्तो सोचेको होला। ढिपी गरेर अनशन बस्नेहरू रहेकोले पनि सरकारले उहाँहरूको बारे नसोचेको हुनुपर्छ। तर, यसलाई चाँडोभन्दा चाँडो निष्कर्षमा पु¥याउनु पर्छ।
छिट्टैै सम्बोधन गर्नुपर्छ सरकारले। यदि, लम्बिएर गएमा यसले विकराल रूप ल्याउन पनि सक्छ। हिसाबकिताब देखाउन पनि किन अलमलमा पर्ने। कहाँ–कहाँ खर्च भएको हो देखाइदिए भइहाल्यो। सरकारले नागरिकको मर्का बुझ्नुपर्छ। कोरोनाको विषयमा सरकार सचेत चाहिं हुनुपर्ने नै हो। उहाँहरूले जायज माग नै उठाउनुभएको छ।

उपेन्द्रमान सिंह, उपाध्यक्ष, एन्फा
इनफ इज इनफ जुन आवाज उठाइएको छ यो जायज छ। कोरोनाले गर्दा देशको अवस्था अति जटिल भइसकेको छ। कोरोनाबारे सरकार सचेत नहुनाले स्वफूर्त युवाहरू आन्दोलनमा आएका हुन्। उहाँहरूको माग सान्दर्भिक नै छ। कुनै पार्टीको समर्थन नभएकोले पनि सरकारले वास्ता नगरेको हुनुपर्छ। सरकार भएपछि नागरिकको माग सुन्न सक्नुपर्छ र त्यसलाई सम्बोधन अविलम्ब रूपमा गरिनुपर्छ। वार्तामा बोलाएर सहकार्य हुनुपर्छ। कति जना बिरामी परिसकेका छन्। यदि, तिमीहरू कराउँदै गर म नसुने झंै गर्छु भन्ने सरकारले गरेमा यसले भविष्यमा विकाराल रूप लिन सक्छ।

प्रतिक्रिया दिनुहोस्