इन्स्टाग्राममा छाएका तीन दिग्गज फुटबलर



लन्डन, (एजेन्सी)

इन्स्टाग्राममा फ्लोअर्स गर्नेको संख्यामा विश्वका तीन दिग्गज फुटबलरले शीर्ष तीन स्थान ओगटेका छन्। पोर्चुगल र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको इन्स्टाग्राममा फ्लोअर्स २३ दशमलव २ करोड रहेका छन्। उनी विश्वमा सबैभन्दा फ्लोअर्स भएका खेलाडी बनेका छन्। उनीभन्दा माथि इन्स्टाग्रामका फ्लोअर्स रहेका छन्।

यसपछि अर्जेन्टिना र बार्सिलोनाका लियोनेल मेसी दोस्रो स्थानमा छन्। तर, उनको र रोनाल्डो बीचको भिन्नता निकै रहेको छ। जहा“ रोनाल्डोको २३ करोडभन्दा बढी संख्या फ्लोअर्स छन् भने मेसीको १६ दशमलव १ करोड फ्लोअर्स रहेको छ। तेस्रो स्थानमा रहेको ब्राजिल र पेरिस सेन्ट जर्मनीका नेयमारको १४ करोड इन्स्टाग्राममा फ्लोअर्स रहेका छन्।

लकडाउनमा इन्स्टाग्रामबाट कमाइ गर्नेमा पनि रोनाल्डो नै अघि छन् । उनले सोसल मिडिया प्लेटफर्मबाट मात्रै २८ करोड ८२ लाख नेपाली रुपिया“ बराबर रकम कमाइ गर्दछन् । त्यस्तै, लकडाउन अवधि मेसीले १९ करोड ६९ लाख नेपाली रुपिया“ बराबर रकम आर्जन गरे। तेस्रो स्थानमा रहेका नेयमारले १८ करोड २५ लाख रुपिया“ आम्दानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्