अंग्रेज साम्राज्यलाई घुँडा टेकाउने अहिंसावादी प्रनेता महात्मा गान्धी



मोहनदास करमचन्द गान्धीको जन्म गुजरातको भोरबन्दर शासनकालमा सन् १८६९ अक्टोबर २ मा भएको थियो । एक सम्पन्न परिवारमा जन्मेका गान्धीका पिता करमचन्द भोरबन्दर सत्ताका राजाको दरबारमा दिवान थिए । उनकी आमा एक धार्मिक महिला थिइन् । आफना सन्तानलाई राम्रो शिक्षादिक्षाका लागि मोहनदासका पिताले आफना परिवारलाई भोरबन्दरबाट राजकोट ल्याएका थिए । त्यहीँ मोहनदासलाई अंग्रजी शिक्षा दिइयो ।

दक्षिण अफ्रिकामा आफनो आन्दोलनको सफलतापछि मोहनदास गान्धी एक विजेताका रुपमा स्वदेश फर्के । भारत यात्राका क्रममा गान्धीले देशको गरिबी र जनजीवनलाई नजिकबाट नियाले र उनी अत्यन्तै दुखित हुन पुगे । यसै क्रममा अंग्रेज शासकले लागु गरेको कालो कानुन रोयलट एक्टको विरोधमा गान्धीले आन्दोलन सुरु गरेका थिए । उक्त कानुनले सरकारलाई एक प्रकारको शक्ति प्राप्त भएको थियो, जस अन्तर्गत सरकार कुनै पनि नागरिकलाई चरमपन्थ आशंकामा जेलमा राख्न सक्थ्ये ।

मोहनदास गान्धीको आह्वानमा पुरै देशका हजारौं नागरिक यस कानुनको विरोधमा सडकमा उत्रे । प्राय सबै सहरमा विरोध प्रदर्शन भएको थियो । यस क्रममा कयौं सहरमा हिँसा भड्केको थियो । अमृतसरको एक प्रदर्शनमा २० हजार प्रदर्शनकारीको भिडमा जनरल डायरले गोली प्रहार गर्न लगाए, जसमा ४ सय भन्दा बढीको मृत्यु भएको थियो । यस हत्याकान्डको घटनापछि गान्धीलाई यकिन भयो कि उनले अब भारत आजादीको आन्दोलन शुरु गर्नु पर्छ ।

उनलाई महात्माको उपाधि सबैभन्दा पहिला कसले दियो भन्ने विषयमा फरक फरक मत रहेको छ । पछिल्लो पटक उनलाई महात्माका रुपमा सम्बोधन महान कवी रविन्द्रनाथ टैगोरले दिएको थियो ।

आफनो बढ्दो लोकप्रियताका कारण गान्धी भारतिय राष्ट्रिय कांग्रेसका प्रमुख अनुहार बनेका थिए । उनी बेलायतबाट भारतको स्वतन्त्रता आन्दोनलका अगुवा बने । बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र भएपछि एक दिन उनी दिल्लीको विडला हाउसको एक प्रार्थना सभामा गइरहेका थिए, एक हिन्दु कट्टरपन्थी नाथुराम गोड्सेले गान्धी माथि आक्रमण गरेका थिए । उनको शरीरमा तीन गोली प्रहार भएको थियो ।
दिल्लीमा महात्मा गान्धीको अन्तिम यात्रा निस्क्यो जसमा १० लाख भन्दा बढी नागरिक सहभागी भएको थियो । पुरै विश्वमा अहिँसा तथा शान्तिका पुजारी गान्धीको निधनमा शोक मनाएका थिए ।

गान्धीको असर

आधा विश्वमा आफनो साम्राज्य फैलाएर बसेको अंग्रेज शासक विरुद्ध मुक्तीको आन्दोलन पक्कै सहज थिएन । यसका लागि ठुलो र ससक्त शक्तिबाट सुसज्जित हुनु पर्ने निश्चित थियो । तर गान्धीको अहिँसापथको अगाडी सर्वशक्तिमान अंग्रेज शासकको शक्ति निरर्थक हुन पुग्यो ।

गान्धीको अहिँसाले भौतिक हिँसालाई मात्र बर्जित गरेको थिएन । यसले अरुको भावनालाई चोट पुर्याउने जस्ता सबै प्रकारका हिँसालाई नै निषेध गरेको थियो । गान्धीले आफनो अहिँसाको सिद्धान्तलाई प्रेमसँग जोडेको थियो । यद्यपी उनको यस अहिँसात्मक आन्दोलनलाई नमान्ने नेताहरु पनि नभएका होइनन् । उनकै एक शिष्य सुवास चन्द्र बोस, भगत सिंह जस्ता नेताहरुले हिँसात्मक बाटो नै अपनाएका थिए ।

स्वतन्त्र भारत आन्दोलनका विरोधीहरु पनि त्यति नै थिए । गान्धीको यस आन्दालनले भारत पुर्ण स्वतन्त्र नहुने उनीहरुको तर्क थियो । पेवियार, डाक्टर भिम अम्बेडकर जस्ता दिग्गज नेताहरु पनि भारत स्वतन्त्रताका विरोधमा थिए । भारत भित्र ब्याप्त पुरातन सामन्ती, जातिय तथा सामाजिक भेदभाव लगायत सबै प्रकारका कुरिति र भेदभाव स्वतन्त्र भारतबाट सम्बोधन हुन नसक्ने उनीहरुको तर्क थियो ।

यद्यपी गान्धीको अहिँसात्मक आन्दोलन प्रति देशब्यापी आएको लहरमा अंग्रेज शासक नतमस्तक हुन बाध्य भएको थियो । साना र ठुला सबै प्रकारका अधिकारका लागि समेत हिँसा अनिवार्य ठानिएको विश्व इतिहासमा गान्धीको अहिँसा एक अदभुत उदाहरण बन्यो । यद्यपी पाकिस्तान र भारत अलग अलग स्वतन्त्र हुने क्रममा भएका साम्प्रदायिक हिँसामा भने लाखौंले ज्यान गुमाउनु परेको थियो ।

धोती, चस्मा र लठ्ठीको सामान्य परिचायक बनेका गान्धीले आफनो नितिमा कुनै पनि परिस्थितिमा कसैसँग सम्झौता गरेनन् । आफनो लोकप्रियतासँग उनले नागरिकलाई तीतो सत्य बताउने काम पनि जारी राखे । यसले उनी अलोकप्रिय हुने खतरा त्यतिकै थियो ।सत्य र अहिँसाको महानता बताउने प्रयासमा उनले आफनो सम्पुर्ण जीवन नै लगाए । तर उनका यी दुबै प्रयोग ब्यापक स्तरमा असफल देखिएपनि यसले कयौंको जीवनमा नयाँ दिशा प्रदान गरेको छ ।

गान्धीलाई मृत्युसँग कहिल्यै डर भएन, न त उनीमा सत्ताको लाससा थियो । भारतका लागि मात्र होइन विश्वभरीका मानिसलाई उनले घृणा गर्न सिकाएनन् । प्रेम र संघर्ष गर्न र बिना निराश भइ संघर्ष गर्न सिकाए ।

हत्याको प्रयास र हत्या

सन् १९४८ जनवरी ३० मा गान्धीको गोली हानी हत्या भयो । भारतका राष्ट्रपिताको सम्मान पाइसकेका गान्धीलाई मार्ने हिन्दु राष्ट्रवादी नाथुराम गोड्से थिए । मर्नु भन्दा अगाडी गान्धी नयाँ छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणको तयारीमा लागेका थिए । राष्ट्रिय स्वयंसेवक संघ आरएसएस लगायत हिन्दु राष्ट्रवादी अंग्रेज शासनबाट स्वतन्त्र हुने कुराको विरोधी थिए । पाकिस्तान अलग स्वतन्त्र हुने क्रममा भारतमा भएका मुसलमान र पाकिस्तानमा भएका हिन्दुहरुको ब्यवस्थापनमा भएको अत्यधिक हिँसाले भारतमा ठुलो असन्तुष्टि फैलिएको थियो । पाकिस्तान अलग स्वतन्त्र राष्ट्र हुने कुरालाई लिएर पनि धरैजसो भारतिय नेताहरुको ठुलो विरोध थियो । यसैमा चरम असन्तुष्ट पक्षहरु मध्यका गोड्सेले भरखर स्वतन्त्रता हासिल गरेको भारतका राष्ट्रपिताको हत्या गरेको मानिन्छ ।

यसअघि पनि गान्धीको जीवनमा ६ पटक उनको हत्याको प्रयास भएको उल्लेख छ । सन् १९४४ मा आगा खाँ प्लासेसबाट रिहाइपछि गान्धी पन्चगनीमा गएर बसेका थिए । त्यहाँ उनको विरुद्ध केहीले प्रदर्शन गरेको थियो । यसबीच आफ्नो कुरा सम्झाउन पुगेका गान्धीलाई एक ब्यक्ती छुरा लिएर कुदेर आएका थिए । तर उनलाई विचैमा समातिएको थियो ।

त्यसैगरी सन् १९४६ मा रेल यात्राका क्रममा चम्पारनमा गान्धीको हत्या प्रयास भएको थियो । उक्त घटनामा रेल मार्ग नै उखेलिएको थियो र उनी चढेको रेल पल्टेको थियो । तर गान्धी उक्त घटनामा बच्न सफल भएकाथिए । सन् १९४८ मा दुई पटक हमला भएको थियो । पहिलो घटनामा मदनलाल नामक एक ब्यक्तीले बम विस्फोट गराउन खोजेको तर विस्फोट भएन र उनी पक्राउमा परेका थिए ।

जिन्नाको सन्देश

गान्धीको मृत्युमा सम्पुर्ण विश्व नै शोक मग्न थियो र चारेतीरबाट उनको यस निधन प्रति शोक ब्यक्त गरिएको थियो । उनको मृत्यु भारतका लागि मात्र नभएर सम्पुर्ण मानवताका लागि नोक्सान भएको सन्देश आइरहेको थियो ।

सबैभन्दा भावुक सन्देश पाकिस्तानका मियां इफ्तिखारुद्दिनका तर्फबाट आएको थियो – विगतका महिनामा हामी मध्य जस जसले निर्दोष पुरुष, महिला र बच्चाहरुमाथि आफ्ना हात उठाए या ती कार्यको समर्थन गरे, उनीहरु गान्धीको मृत्यका हिस्सेदार हुन् ।
पाकिस्तानका कायदे आजम मोहम्मद अली जिन्नाले आफनो संदेशमा भने – उनी हिन्दु समुदायका महानतम ब्यक्तीहरु मध्यका एक थिए ।

जब जिन्नाका एक साथीले उनलाई गान्धीको योगदान एक समुदाय भन्दा धेरै माथि उठेको कुरा सम्झाउन प्रयास गरेका थिए । जिन्ना आफनो कुरामा अडिग रहे र भने – द्याट इज ह्वाट ही वज – अ ग्रेट हिन्दु ।

प्रतिक्रिया दिनुहोस्