सुन प्रतितोला १३ सय रुपैयाँले बढ्याे



न्युज अफ नेपाल, काठमाडाैँ ।

शुक्रबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका  अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदी भाउ पनि अहिलेसम्मकै उच्च ११ सय ५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्