कविता : वर्षा



अंगुरकुमार दाहाल ।

लाग्यो वर्षा झमझमझरी ढाकियो मेघमाला
खोलाउर्ले सननन बगे युद्धकोझैं हबाला
बाढी पहिरो गढगढ गरी थर्किए भीरपाखा
हिलो मैलो धुमिलजलधिपानीको यो तमासा

यो वर्षामा सबतिर छताछुल्ल पानी र हिलो
धर्तीज्यादै कमलिनगई मट्टिका बन्छ गिलो
त्यै माटोमा छुपुछुपुु गरी धान रोपिन्छ सारा
बाढीआई नदनदीहरु ढाकिदिन्छन् किनारा

वर्षामै हो चपल सरिता मस्त हुन्छन् जवानी
यै मेसोमाकतिपयजना बग्दछन् पानीपानी
यही बेलामा कृषिउपजकालागि सम्पूर्ण काम
मानु रोपी फलदछ मुरी धन्य वर्षाद याम

पिउँछिन् धर्ती घटघट मिठो स्वच्छ पियूषधारा
यो पानी नै जगत भरको प्राण धान्ने सहारा
यो वर्षामा सबतरुलता बन्दछन् स्निग्ध नित्य
सृष्टिको यो अनुपमविधा हुन्छ ज्यादै पवित्र ।

प्रतिक्रिया दिनुहोस्