ग्लोबल आइएमई बैंकको सरल कर्जा योजना



काठमाडौं, (नेस)

ग्लोबल आइएमई बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र शेयरको धितोमा कर्जा लिन इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

ग्लोबल घर कर्जाअन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् र यस कर्जाको ब्याजदर १ वर्षसम्म स्थिर रहनेछ ।

यसैगरी बैंकले ८ दशमलव ९९ प्रतिशतमा गाडी कर्जा र ९ दशमलव ४९ प्रतिशतमा शेयरको धितोमा कर्जा प्रवाह गर्नेछ । यस योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट÷क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र लकर सुविधामा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

बैंकले, कोरोना (कोभिड–१९)ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवम् सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको हो ।

कर्जा लिन चाहने महानुभावले आवश्यक कागजातहरु बैंकमा पेश गरेको तीन कार्य दिनभित्र बिना झन्झट कर्जा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्