लमजुङमा पहिरोमा १८ घर पुरिए,६२ घर जोखिममा



शिक्षा पन्त,लमजुङ ।

लमजुङको मस्र्याङ्दी गाँउपालिका–३ स्थीत पल्लोटारीमा पहिरोले १८ घर पुरिएका छन् । बुधबार बिहान घर माथीबाट खसेको पहिरोले गाँउको कुल ८० घरमध्ये १८ घर पुर्ण क्षती भई बगरको रुपमा परिणत भएको र ६२ घर जोखीममा परेको लमजुङका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताउनुभयो ।

पहिरोमा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइतेहरुमध्ये १ जनाको लमजुङ जिल्ला सामुदायीक अस्पतालमा उपचार भइरहेको छ बाँकी ३ जनाको खुदी स्थीत स्वास्थ्य चौकीमा उपचारत छन् । स्थानीयलाई अनेत्र सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी नायव उपरिक्षक थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्