नेपाली साहित्यमा ‘झर’ एक परिचय



 सन्दर्भ:

नेपाली साहित्य आकाशमा एक नयाँ विधा ‘झर’ले उडान भरिरहेको छ| निलो आकाशमा ‘झर’को उडान साच्चिकै मनमोहक देखिइरहेको छ | नेपाली माटोमा जन्मेको यो विधा साच्चिकै नौलो छ, सर्जकहरु माझ | प्रत्येक व्यक्ति सर्जक होऊन् भन्ने बृहत उद्देश्य राखेर यसको जन्म भएको छ| नेपाली बृहत शब्दकोशमा झर शब्दलाई यसरी अर्थाइएको छ,

झर:

पानी बर्सेको वा झरना खसेको शब्द, चामलको पिठो घिउ वा नौनीमा मुछी कपडामाथि बेलेर गुलियो पधार्थ नमिसाइ पकाइने एक किसिमको रोटि; घिउरोटि; घेवर, बर्सिरहेको पानीको अधोगामी प्रवाह, त्यस्तो प्रवाहको कुनै एक एकाई (एक झर, दुई झर, तीन झर, इत्यादी) ।

उत्पत्ति:

स्याङ्जाली सर्जक शिव खनाल ‘जीवन’ले लक्षित साहित्य अन्तर्गत २०७७ जेठ ३ मा केहि रचनालेखि ती रचनाहरुलाई २०७७ जेठ ४ मा झरको नाम दिनुभएको थियो| यि रचनाहरु २०७७ जेठ ९ गते कालिगण्डकी अनलाईनमा प्रकाशित भएका थिए| २०७७ जेठ ४ मा अर्घाखाँचीका सर्जक नारायण खनालले झर शब्दलाई साहित्यसँग जोडेर अर्थाइ झरको साहित्यिक अवधारणा स्पस्ट पारेपछि नेपाली साहित्यमा यसको औपचारिक जन्म भयो|

परिचय:

प्रत्येक व्यक्तिमा केहि न केहि प्रतिभा हुन्छ| सो प्रतिभाको समुचित सदुपयोगले व्यक्ति, समाज र राष्ट्रको प्रगति, समृद्धिमा ठुलो सहयोग पुग्छ| भाषा, संस्कृति, परम्परा, जनबोली, जनआस्था हाम्रा अमुल्यनिधि हुन्| जसलाई जोगाउनु हाम्रो परमकर्तब्य हो| त्यहि अनुपम उद्धेश्य पुरा गर्न व्यक्तिले आफ्नो जीवनका अनुभव सजिलो सँग उतार्ने गरि, प्रचलित उखान लोकोक्तिको संरक्षण गर्ने र विम्व, श्रीङ्गार दिई परिस्कृत परिमार्जित रुपमा समाजलाई विकास गरेर उचाइमा पुग्न प्रेरित गर्ने उद्देश्यले यो विधाको सुरुवात गरिएको छ|

संरचना:

दुई पङ्क्ति स्वच्छन्द; झरको पहिलो पङ्क्तिमा विषयवस्तुको उठान गरिन्छ र दोस्रो पङ्क्तिमा त्यसको पुस्टि गरिन्छ| यो गद्द्य वा पदद्य जुनसुकै शैलीमा लेख्न सकिन्छ| साहित्यमा रचिने रचनामा चाहिने विम्व, भाव, श्रीङ्गार त स्वभावत: अत्याबश्यक हुन्छन् नै| विभिन्न उखान, जनबोली र सुक्तिले जसरि समाजलाई छोटो कथनमै विषयवस्तु र सम्वन्धलाई गहन भावमा प्रस्तुत गर्न सक्छन| त्यहि भावमा, उद्धेश्यमा टेकेर झर रचना गरिन्छन| विम्व र श्रीङ्गार जति भर्ना सकियो झरले त्यत्तिकै गहन अर्थ दिन सक्छ|

झरलाई विभिन्न प्रकारमा बाँडेर लेखनमा उतार्न सकिन्छ जस्तै लोक झर, दार्शनिक झर, भावनात्मक झर, कवितात्मक झर, प्रयोगात्मक झर आदि| उखान र जनबोली सर्जकका संकलित रचना मात्रै हुनेछन| नेपाली साहित्यमा झरले विशाल हृदय बोकेर आएको छ| आम जनासमुदायको मनको भावनाहरु जति साहित्यमा ल्याउन सकिन्छ| त्यति नै उक्त साहित्यको उद्धेश्य र महत्वले अर्थपूर्णता प्राप्ति गर्न सक्छ|

नेपाली साहित्य आकाशमा झरलाई घिउ रोटि जस्तै मिठो र पानीको झरले प्रकृतिमा दिने शितलता सँग तुलना गरेर झरको साहित्यिक अवधारणा स्पस्ट पार्नु भएका सर्जक नारायण खनालका अनुसार “झरले प्रकृतिमा धर्ति र प्राणीजगतलाई सरल साहित्यको माध्यमबाट चरम आनन्द दिन सकिने, सकारात्मक बनाउन सकिने र समग्र जीवन जगतलाई डोर्याउने सकिन्छ|” “झर संवर जीवन साहित्य, भाव निर्झर” भन्ने झरको एक उदाहरणबाटै साहित्यमा झरको छाती कति विशाल छ प्रतित हुन्छ| लेखनको विकास हुदै जाँदा झरहरुको समूहले झरना बनाउने र अन्ततः क्रमश खोला, नदि बनेर सागरमा पुग्ने छन|

लेखन र उदाहरण:

1. पहिलो लेखन: 

शिव खनाल ‘जीवन’

०७७ जेठ ३, प्रकाशन २०७७ जेठ ९, कालि गण्डकी अनलाइन,

 

2. दोस्रो लेखन:

नारायण खनाल,

२०७७ जेठ ११, प्रकाशन २०७७ जेठ ११ सबैको न्युज अनलाइन

यसरी झर लेख्दै जाने क्रममा कैलालीका सर्जक आर्त आकुलिनले त झन् विभिन्न भाषामा झर लेखेर गर्विलो प्रस्तुति पेश गरिरहनु भएको छ|

संख्या, भाषा र मेहेनतका हिसाबले झरलाई अघि बढाउने अभियानमा उहाँको देन नमनिय छ| उँहा झर साहित्यको गर्विलो अभियन्ता हो| नेपाली साहित्य र नेपाली साहित्य म्यासेन्जर ग्रुपमा झरको चर्चा परिचर्चा सुरु भएपछि देशभरका सर्जकहरु झर प्रति आकर्षित हुनु भएको छ, सबै सर्जकहरुलाई झर साहित्य अभियानमा हार्दिक स्वागत तथा नमन छ|

हामी साहित्य फाँटमा झरको जन्म साहित्यलाई कुरूप बनाउन होइन जनताको जीवन साहित्य फुलाउन र प्रत्यक व्यक्ति सर्जक बन्न सक्ने विशाल अबधारणा बोकेर आएका छौँ| सृजनाको क्रममा हुन सक्ने गल्तिलाई सुधार्दै रचनात्मक सृजनात्मक जनसाहित्यलाई आत्मसाथ गरेर अघि बढ्ने छौँ|

लोकोक्ति बिगारेर झर भन्ने आदरणीय सर्जकहरुलाई पनि नमनका साथ निबेदन छ कि यो नेपाली माटोको मौलिक विधा हो, हामी बिगार्न होइन सपार्न जुटेका छौँ| झरलाई सकेसम्म रसिलो बनाउने हाम्रो मेहनतलाई हामी लक्ष्य सम्म नपुग्दै बिश्राम लिन दिने छैनौं| प्रयोगात्मक साहित्य म्यासेन्जर ग्रुप, झर साहित्य सागर, नेपाली साहित्य म्यासेन्जर ग्रुप र नेपाली साहित्य परिवारमा जोडिनु भएका आदरणीय प्रतिनिधि सर्जकका केहि प्रतिनिधि झरहरु:

१. शिव खनाल:

  • धनि छु म पनि
    सपनाको
  • पानी चाहिँदा खडेरी
    वाली उठाउने वेला वर्षा

२. नारायण खनाल:

  • वर्षाको भल
    पहाडी धरा, मर्छ पलपल
  • आकाशमा चिल उडान
    धर्तिमा चल्लाको देवघाट
  • सपना देख
    जीवन फुलाउन

३. आर्त आकुलिन:

  • अछामी भाषामास् वर पिपलका सेल
    बाजकलीका सैना
    (वर पिपलको छायामा, प्रियसीको सपना)
  • सल्यानी भाषामा: लाखुर्याउ घर
    सिक लाको
    (लाखुको घर, सिको गरेको)
  • थारु भाषामा: हर जोटे
    धाने धान
    (हलो जोते, धानै धान)

४. जीवन पानी:

  • मुख आँ गर
    गास अटाउँछ
  • जोगीको घर हो
    भकारी हुँदैनन्
  • अग्लो झुक्छ
    होँचो बढ्छ

५. निरु गौतम:

  • जीवन सङ्घर्ष
    जुझ्न सिक
  • टोपी खस्ने भिर
    लठ्ठी साहारा
  • प्यार जीवन हो
    गोडमेल गरौँ

६. हेमराज चौधरी:

  • चन्चले नानीको
    नखरमाउलो माया
  • आमा झुक्नुहुन्न
    छोरो रुक्नुहुन्न

माथिका उदाहरणहरु प्रतिनिधि उदाहरण मात्रै हुन्| थुप्रै आदहरणीय सर्जकहरुले झर रचना गरिरहनु भएको छ| जस्तै: अमर त्यागी, शंकर पाण्डे, सपना भट्टराई, रेखा सुवेदी, सबिता खत्री, भावेश उपाध्याय, निजात रबिन्द्र, दिपेन्द्र अधिकारी, लक्ष्मी नेपाल, चन्द्रावती अधिकारी आदि| नमन र अन्य: आदरणीय साहित्य प्रेमी महानुभावहरु हामी सबै व्यक्ति सर्जक होऊन् भन्ने महान लक्ष्यका साथ अघि बढिरहेका छौँ|

तपाईहरुको सकारात्मक सल्हाह, सुझाव र सहयोगले नेपाली साहित्य जगतमा ‘झर’ स्थापित गर्ने लक्ष्य पुरा हुनेमा ढुक्क पनि छौँ| थुप्रै सर्जकहरु जो एस अभियानमा हुनुहुन्छ, पाठकहरु जसले अभिरुचीका साथ पढीरहनु भएको छ सबैलाई हृदयदेखि नमन छ| हरेक विधामा सुरुमा अलमल हुने कुरा स्वाभाविक हो| रचना सृजनाको क्रममा परेका अलमल र समस्याहरुलाई क्रमश प्रस्ट्याउने काम हुने छ| ‘झर’ले नेपाली साहित्य आकाशमा आफ्नो उडान अविछिन्न भरिरहने छ| “झर संवर जीवन साहित्य, भाव निर्झर” अस्तु|

प्रतिक्रिया दिनुहोस्