हत्या आरोपी १४ वर्षपछि पक्राउ



न्युज अफ नेपाल,भद्रपुर ।

साइकल लगेको विषयमा कुटपिट गरेर हत्या अभियोग लागेका एक जनालाई पक्राउ गरी अदालत पेश गरेको छ । झापाको साविक टागनडुब्बा गाविस ९ हाल झापा गाउँपालिका ३ का ३५ वर्षिय नत्थु विश्वकर्माको हत्या आरोप लागेका पुण्यप्रसाद विश्वकर्मालाई प्रहरीले असार ३० गते मेचिनगर नगरपालिका–८ इँटाभट्टा चोकबाट पक्राउ गरेको हो ।

साविक मेचीनगर नगरपालिका ८ हाल सोही पालिका ५ का अन्दाजी २७ वर्षिय बौदल लामगाधे बिश्वकर्मा भन्ने पुण्य प्रसाद विश्वकर्मा प्रहरीको नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताउँनुभयो ।

पक्राउ परेका विश्वकर्मालाई थुनामा राख्न जिल्ला अदालत झापाबाट असार ३१ गते ७ दिनको अनुमति लिएर अनुसन्धान थालिएको उहाँले जनाउँनुभयो । प्रहरीका अनुसार पुण्यले ०६३ चैत २४ गते कामाटोली बजारबाट नत्थुको साइकल अनुमति बिना नै लगेका थिए । त्यसपछि नत्थु आफ्नो साइकलका लागि पुण्यका ससुरा नन्दुलाल विश्वकर्माको घरमा पुगेका थिए ।

मादक पदार्थले लठ्ठ परेका पुण्यबिच विवाद भइ कुटपिटबाट नत्थु घाईते भएका थिए । घटना भएको भोलीपल्ट उपचारको क्रममा नत्थुको ज्यान गएको थापाको भनाइ छ । घट्नापश्चात मृतकका ससुरा राम बहादुर बिश्वकर्माले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको थापाको भनाइ छ ।

उनको भने गत चैत्रमा मृत्यु भइसकेको जनाइएको छ । पत्रकार सम्मेलनमा मृतकका श्रीमती चन्द्रीका विश्वकर्माले हत्यारालाइ जन्म कैदको माग गर्नुभयो । श्रीमानको हत्या गर्ने फेला नपरेका कारण आश मरिसकेकोमा प्रहरीले पक्राउ गरेपछि न्याय पाउनेमा ढुक्क भएको उहाँले सुनाउँनुभयो ।

झापा जिल्ला अदालतले गत वैशाख ३० गते पक्राउ पुजी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले लुकिछिपि बसि रहेको अवस्थामा पक्राउ गरिएको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालाले बताउँनुभयो । घट्ना घटाएर फरार रहेका व्यत्ति एक दिन न एक दिन अवश्य प्रहरीको नियन्त्रणमा पर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्