अरनिको राजमार्गको बनेपा खण्ड ब्यवस्थित बनाउन शुरु



मोतीराम तिमल्सिना,काभ्रे ।

बनेपा नगरपालिकाले अरनिको राजमार्गको बनेपा नगरपालिका वडा नम्वर ८ पुलबजार देखि बनेपा नगरपालिका वडा नम्वर ६ को बुडोल चोकसम्मको दायाँबायाँ खण्डलाई ब्यवस्थित गर्ने भएको छ । चालु आर्थिक वर्षको प्रारम्भबाटै नगरपालिकाले उक्त कार्यको शुरुवात गरेको हो ।

‘सडकको दायाँबायाँको क्षेत्रलाई ब्यवस्थित बनाउँदै पार्किङ्ग, फोहोरमैला ब्यवस्थापन र धुलो तथा हिलोको उचित ब्यवस्थापन गरिनेछ’–नगर प्रमुख लक्ष्मीनरसिं बादेले भन्नुभयो–‘अब्यवस्थित पार्किङ्गलाई ब्यवस्थित गर्दै सडकको किनारामा राखिएका सबै सवारी साधन र लोड अनलोड गर्ने सवारी साधनलाई समेत ब्यवस्थित गरिनेछ ।’

सडक डिभिजन कार्यालय भक्तपुरको सहयोगमा बनेपा नगरपालिकाले उक्त कार्य शुरु गर्न लागेको नगर प्रमुख बादेले बताउनु भयो । नगरमा आयोजना गरिएको सर्वपक्षिय बैठकले तत्काल सडकको दायाँबायाँ ब्ववस्थित गर्ने निर्णय गरेको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा उक्त बैठक बसेको थियो ।

बैठकले अरनिको राजमार्ग बनेपा खण्ड दाया“वाया“ हिलो धुुलोको समस्या र सडक प्रयोगमा भएको अव्यवस्था व्यवस्थित गर्न अल्पकालिन र दीर्घकालिन व्यवस्थापनका लागि कार्ययोजना बनाउने निर्णय गरेको छ ।

अल्पकालिन समस्या समाधानका लागि पहिलो चरणमा बनेपा नगरपालिका वडा नम्वर ८ पुण्यमाता खोलाको पुल देखि बुडोल चोकसम्मको क्षेत्रमा राजमार्ग दाया“वया“ रहेको हिलो धुलोको अवस्था हटाउन र सडक क्षेत्रमा हुने डुबान न्युनिकरण गर्न गरिनु पर्ने खोला सुधारको कार्यको डिभिजन सडक कार्यालय, भक्तपुरले लागत स्टिमेट तयार गर्ने, तयार भएको ल.इं बमोजिमको कार्य सम्पन्न गर्न आवश्यक उपकरण डिभिजन सडक कार्यालय, भक्तपुरले उपलब्ध गराउने, भएको लागत स्टिमेट बमोजिमको कार्य सञ्चालन गर्न लाग्ने लागतको व्यवस्थाका लागि सडक विभागमा अनुरोध गर्ने, सडक विभागबाट स्रोतको व्यवस्था भई नआएसम्म सडक व्यवस्थापनका लागि प्रयोग हुने उपकरण प्रयोगमा लाग्ने हुने इन्धन र अन्य खर्च नगरपालिकाले व्यवस्था गर्ने, सडक व्यवस्थापनका लागि प्रयोग गर्न सकिने डस्ट उपलब्ध गराउन यस अगाडीको बैठकबाट भएको निर्णयानुसार टिप्पर व्यवसायी संघ र क्रसर व्यवसायी संघसंग समन्वय गरी उपलब्ध गर्ने व्यवस्था मिलाउने नगरपालिकाले पत्राचार गर्ने र प्रमुख जिल्ला अधिकारीबाट समेत समन्वय गर्ने, सडक व्यवस्थापन कार्य तत्काल प्रारम्भ गर्दा सडक दायाँबायाँको क्षेत्र खाली गराउन उपयुक्त समय दिएर नगरपालिकाले नगरबासीहरुको जानकारीका लागि सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

बैठकका बारेमा जानकारी दिदै प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले नगरपालिकाले कार्ययोजना तर्जुमा गरी सम्बद्ध सबै पक्षमा जानकारी गराई कार्यान्वयनको वातावरण मिलाउने, अरनिको राजमार्ग बनेपा खण्डको दीर्घकालिन व्यवस्थापनका लागि नेपाल सरकारबाट लागु हुने कार्यक्रमहरु समेतका आधारमा बनेपा नगरपालिकाले उपयुक्त योजना बनाई कार्यान्वयनको व्यवस्था मिलाउ“दै जाने निर्णय भएको छ ।

बैठकमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, विष्णु दल गणका गणपति सुभाष खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेल, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख विष्णु काफ्ले, राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेकपाका रत्नकुश रञ्जित, जनता समाजबादी पार्टीका पवन कर्णजित, नेमकिपाका त्रिरत्न मानन्धर, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिना, जिल्ला ट्राफिक प्रहरी कार्यालयका विशाल लामा, वडा अध्यक्षहरु सचितानन्द केसी, वर्ण शाक्य, दानकाजी मानन्धर लगायतको सहभागिता रहेको थियो । यस अघि बनेपा नगरपालिकाले सडक डिभिजन कार्यालयको समन्वयमा वर्षाै देखि सडक क्षेत्रमा निर्माण भएका घरहरु भत्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्