ईरानमा कोरोनाबाट १ सय ४० स्वास्थ्यकर्मी गुमायो



तेहरान,(एजेन्सी)

इरानले कोरोना भाइरस महामारी फैलिए यता कोभिड १९ को कारण एक सय चालिसजना स्वास्थकर्मिको ज्यान गइसकेको जनाएको छ । इरानको स्वास्थ मन्त्रालयका अधिकारी सिमा लारीले भनेकी छन् , ‘ हामी सबैका जिवनका लागि तिनीहरुले आफ्ना ज्यान गुमाएका हुन् । हामीले तिनीहरुको सम्मान गर्नुपर्छ ।

हामीले स्वास्थ सम्बन्धी नियमहरु इमानदारितापुर्वक प्रयोग गर्नुपर्दछ । अप्रिलको मध्यतिर लकडाउन खुकुलो गरिएको इरानमा हालसालै कोरोना भाइरस संक्रमणको घटना तिव्र रुपमा बढिरहेको छ । जोहन्स होप्किन्स युनिभर्सिटीका अनुसार अहिले सम्म इरानमा संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय ६१ पुगिसकेको छ भने १३ हजार ४ सय १० जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ अधिकारीहरुले धेरै भन्दा धेरै व्यक्तिको स्वास्थ परिक्षण हुनथालेकाले पनि संक्रमितको संख्या बढेको हुनुपर्ने तथा मानिसहरुले सामजिक दूरीको नियमलाई वेवास्ता गरिरहेको बताएका छन् । बुधवार इरानी राष्ट्रपति हस्सन रुहानीले मन्त्रीमन्डलको बैठकमा विशेषगरी सामाजिक दूरी लगायत अन्य स्वास्थ सम्बन्धी नियम पालना गर्न जनतालाइृ आब्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्