बालकले ज्यानको बाजी थापेर बहिनी बचाए



न्युयोर्क,। अमेरिकाको वायोमिंग निवासी छ वर्षिय बालक ब्रिजर वाकरले आफ्नो ज्यानको बाजी थापेर बहिनीलाई एउटा कुकुरको आक्रमणबाट जोगाएको खवर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।
अमेरिकी संचार माध्यम सिएनएनका अनुसार ९ जुलाईमा उनले चार वर्षिया बहिनीलाई एक वर्षिय जर्मन सेफर्डको साँघातिक हमलाबाट बचाउन सफल भएका हुन् ।
तर उक्त उद्धार कार्य गर्दा कुकुरले भाग्नु सट्टा ब्रिजरलाई नै झम्टेर नराम्ररी घाइते बनाएको छ । जस्को कारण ब्रिजरको दुईघन्टा लामो शल्यक्रिया गरिनु पर्यो ।
उनको शरिरमा नब्बे वटा भन्दा बढि टाँका लगाउनु परेको छ । ब्रिजरले त्यो दिन मर्नै परे आफैं नै मर्ने उद्देश्यले आफु कुकर र बहिनीबीच हाम फालेको बताएक छन् ।
उनको परिवारले सबैले ब्रिजरले जस्तै विश्वलाई नै एउटा सानो बच्चा सम्झेर माया र संरक्षण गर्न प्रेरणा लिनुपर्ने विचार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्