पढाइ छाडेका फेडेरर टेनिसमा जमे



लन्डन, (एजेन्सी)
स्वीट्जरल्यान्डका टेनिस स्टार र पूर्वविश्व नम्बर रोजर फेडेररले आफ्नो करियरको शुरुआतमा कठिन भएको बताएका छन् । ३९ वर्षीय फेडेररले जब उनी १६ वर्षको उमेरमा पढाइका कारण खेलमा ध्यान दिन नसकेको बताए । यसै कारण उनका बाबुसँग उनले पढाइ छाड्नेसमेत भनेका थिए । उनका बाबुले उनलाई २ वर्षको समय दिएका थिए र भनेका थिए, कि यदि सफल नभएमा टेनिस छाडेर स्कुल जानुपर्छ ।

फेडेररको नाममा पुरुषतर्फ सबैभन्दा बढी २० ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमान छ । उनको पछाडि राफेल नाडालले १९ ग्रान्डस्लाम जितेका छन् । फेडेररले घाँसे कोर्टमा हुने विम्बल्डन ८ पटक जितेका छन् । यस्तै, ६ अस्टे«लियन ओपन र ५ युएस ओपन जितेका उनले फ्रेन्च ओपन भने एकपटक मात्रै जितेका छन् ।

यी चारैवटा ग्रान्डस्लाम हरेक वर्ष हुने गर्छन्। तर, यसपटक कोरोना महामारीको कारण फ्रेन्च र विम्बल्डन हुन सकेन ।

फेडेररले बताए कि, उनको योग्यतामाथि उनका आमाबाबुलाई विश्वास थिएन । उनले बताएअनुसार मेरा बुबाआमाले मेरो टेनिस टे«निङका लागि हरेक वर्ष ३० हजार स्विस फ्रेन्क खर्च गर्नुहुन्थ्यो । जबकि, ममाथि उहा“हरूको विश्वास पनि थिएन । उहाँहरूलाई लागेको थियो कि, छोरो व्यावसायिक टेनिस खेलाडी बन्न मुस्किल छ।

उनले बताए– ‘जब म १६ वर्षको थिएँ, तब मेरा बुबाआमालाई भनें कि, यदि मैले स्कुल छाडेमा टेनिस खेलमा शतप्रतिशत ध्यान दिन पाउनेछु। तब उहाँहरूले मलाई २ वर्षको समय दिनुभएको थियो । यदि, म सो दौरानमा फेल भएमा या व्यावसायिक खेलाडी बन्न नसकेमा टेनिस छाडेर स्कुल जानु पर्नेछ। मैले उहा“हरूलाई ममाथि विश्वास गर्न भनें । मैले २ वर्षभित्रै जुनियरमा विश्व नम्बर एक भएर देखाएँ ।

फेडेरर एटिपी विश्व वरीयतामा ३ सय १० हप्तासम्म शीर्ष स्थानमा रहेका हुन् । उनी सो दौरानमा २ सय ३७ हप्तासम्म लगातार नम्बर एक स्थानमा रहने पहिलो खेलाडीसमेत हुन् । यो एउटा कीर्तिमान पनि हो। उनी अमेरिकाका पूर्वटेनिस स्टार जिमी कोनोर्सपछि सयभन्दा बढी एकल उपाधि जित्ने दोस्रो खेलाडीसमेत हुन् ।
फेडेररको यस वर्षमा भने खेल्ने कुनै अवसर रहेन । उनको दाया“ घु“डामा चोट लागेपछि यस वर्षको युएस ओपनमा खेल्न नसक्ने भएको हो । फेडेररले ट्वीट गरेका छन् कि २०२१ को शुरुआतसम्म उनी खेलबाट टाढा रहनेछन्। उनले शतप्रतिशत ठीक भएपछि मात्रै कोर्टमा फर्कने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्