दीपाश्रीलाई क्षमा दिनु होला, सबैलाई हृदयदेखि धन्यवादः राजेश हमाल



यहाँहरु सबैलाई अवगत नै छ कि हामीलगायत संसारका प्रायजसो सबैजना यो कोभिड १९ ले सिर्जना गरेको असामान्य परिस्थितिबाट गुज्रिरहेका छौँ। र बिडम्बना यो पनि हो कि यो महामारीको बीत पनि विभिन्न किसिमको सामाजिक र राजनितीक मुद्याहरु, चुनौतिहरु खालि हाम्रो राष्ट्रले मात्र नभएर ठुला ठुला राष्ट्रहरुले पनि सामना गर्नु परिरहेको छ।

र अझ व्यक्तिगत तहबाट कुरा गर्ने हो भने त मलाई झनै दुःख लागिरहेको छ कि म संलग्न भएको क्षेत्र कला क्षेत्र, सिने क्षेत्रमा पनि विभिन्न किसिमको वाद विवादहरु, आरोप प्रत्यारोपहरुले गिजोलिरहेको छ। र सार्वजनिक स्थलमा सिनेकर्मी, कलाकर्मीले दिनुभएको विभिन्न मन्तव्य, कुराहरुलाई लिएर दर्शकहरुले आफ्नो प्रतिक्रिया, भनाईहरु पनि राख्दै आउनु भएको छ।

कला क्षेत्र, सिने क्षेत्र जोसँग म संलग्न छु, निःसन्देह त्यसमा दर्शकहरुले दिनु भएको सल्लाह सुझाव र भनाईले अहं भूमिका निर्वाह गर्दछ। दर्शक र हामी कलाकारबीच एउटा अदभूत सम्बन्ध छ। दर्शकहरुले बेला बखतमा दिने सल्लाह सुझावले हामीलाई आफ्नो कला अझ परिष्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्नका लागि प्रेरणा पनि दिन्छ। र दर्शकहरुले पनि बेलाबखतमा हामी कलाकारहरुले सम्प्रेषण गर्ने आफ्नो विचार र भनाईहरुलाई आत्मसात गर्नु हुन्छ। त्यो मानेमा दर्शक र हामी कलाकारबीच एक हिसाबले नङ र मासुको सम्बन्ध छ। (केही भावूक हुँदै)

यहाँहरु सबैलाई था नै होला कि हालै मेरा सहकर्मी, मजस्तै कलाकारले एउटा सार्वजनिक मञ्चमा मलाई लक्षित गरेर उहाँका केही भनाईहरु, केही कुराहरु राख्नु भयो। र त्यो भनाई र कुराहरुलाई सुनिसकेपछि दर्शक र जनसमूदायले असन्तुष्टिमात्र व्यक्त गर्नु भएन, एक किसिमले आक्रोश पनि पोख्नुभयो र पोखि पनि राख्नु भएको छ। र यो सिलसिला मेरो विचारमा २/३ हप्ता भईसक्यो चलिरहेको।

एक तहबाट झट्ट हेर्दा आफुलाई चित्त नबुझेको, आप्mनो भावनालाई ठेस पु¥याउने कुरा कुनै व्यक्तिले गर्छ, कुनै भनाईहरु त्यस्तो सार्वजनिक स्थलामा राख्छ भने झट्ट आक्रोशित भएर र त्यही मनस्थितिबाट निर्देशित भएर एकदम कडासे कडा, कठोर र एक हिसाबले ठाडो प्रतिक्रिया दिनु या राख्नु, तर फेरि हाम्ले अर्को तहबाट हे¥यौँ भने अलिकति फराकिलो भएर अलिकति बृहत चित्रलाई मनन गरेर हामीले हे¥यौँ भने कि एउटा व्यक्तिले पेशागत हिसाबले होस्, या आफ्नो कुनै विशेष इन्ट्रेष्टले लक्षित भएर किन नहोस्, कुनै अभिव्यक्तिहरु सार्वजनिक स्थलमा राख्नु हुन्छ भने एक्कासी झट्ट यस्ता किसिमको प्रतिक्रिया दिने, जसले गर्दा खेरी त्यो व्यत्तिको मानवतामा आँच आओस्, उसको मानवतामा आघात पुगोस्, उसको मानवतामा चोट लागोस्, (भावुक भएर) के त्यस्तो कार्य गर्नु सही होला र?

मलाई व्यक्तिगत हिसाबबाट सोध्नु हुन्छ भने ममा त्यो सहिष्णुता छ। यस्ता किसिमको भनाईहरुलाई, यस्ता किसिमका अभिव्यक्तिहरुलाई नजरअन्दाज गरेर आफ्नो कार्यमा अगाडि बढिरहने त्यो सहिष्णुता ममा छ। र त्यो सहिष्णुता यहाँहरुले नै दिनु भएको उर्जाबाटै प्राप्त भएको हो। त्यसैले त्यसमा यहाँहरुको अत्यन्तै नै ठूलो भूमिका छ। त्यसैले म आफ्प्नो दर्शकहरुलाई जनसमूदायलाई हृदयदेखि अनुरोध गर्न चाहन्छु कि अली फराकिलो भएर, अलि बृहत चित्रलाई मनन गरेर अत्यन्त सकरात्मक हिसाबबाट मानवताको लागि कसैको मानवतामा आँच नपुग्ने गरी आफ्प्नो अभिव्यक्तिहरु प्रकट गरौँ।

तर यो कलाक्षेत्र जहाँ हामी विभिन्न कलाकारहरु संलग्न छौँ, यो कलाक्षेत्र मेरो या अन्य कलाकारहरुको मात्र होइन, यो राष्ट्रको कलाक्षेत्र तपाईंहरुको पनि हो। भलै मैदानमा हामी उत्रन्छाँै, मैदानमा हामी मेहनत गर्छौँ। तर त्यसको पछाडि उर्जा त हाम्लाई तपाईंहरुबाटै प्राप्त हुन्छ। त्यस कारण तपाईंहरुको भूमिका सदैव हाम्रो सिर्जनामा हाम्रो कलामा अत्यन्तै ठूलो भूमिका खेलेको हुन्छ। त्यसैले पनि यहाँहरुलाई म यो अनुरोध गर्न चाहन्छु कि यो राष्ट्रको सिने क्षेत्रको लागि, कला क्षेत्रको लागि मानवताको लागि तपाईंहरुले अत्यन्त नै सकरात्मक भएर कृपया सम्बन्धित व्यक्ति (दीपाश्री निरौला) लाई क्षमा दिनु होला।

कलाकारलाई आफ्प्नो सिर्जना पस्कने प्रेरित गरि रहनु होला। यहाँहरुबाट सकरात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु। कलाकारहरुलाई यहाँहरुले अगाडि बढ्नको लागि एउटा सहज वातावरण सिर्जना गर्दिनुहुनेछ, प्रदान गर्दिनु हुनेछ भन्ने आशामा पनि छु। (फेरि भावुक हुँदै) यहाँहरु सबैलाई हृदयदेखि धन्यवाद छ हामी कलाकारहरुलाई आउँदा दिनहरुमा कृपया प्रेरित गर्दै गर्नु होला।

(अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले महानायक उपाधिमाथि प्रश्न उठाएका कारण उनीमाथि भएको गाली गलौजपश्चात हमालले मंगलबार मध्यरातमा फेसुबकमा अपलोड गरेको भिडियो सन्देश)

प्रतिक्रिया दिनुहोस्