सीजी सिमेन्टमा बैंकहरूले थप लगानी गर्ने



काठमाडौं, (नेस)

सानिमा बैंकको अगुवाई सीजी सिमेन्टमा आधा दर्जनभन्दा बढी बैंकको लगानी गर्ने भएका छन् ।
उक्त उद्योगमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सन्राइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक र नेपाल एसबीआई बैंकले लगानी गर्ने भएका हुन् ।

सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिको क्षमता १९५० टीपीडीबाट २९५० टीपीडीमा विस्तार गर्न आवश्यक थप कर्जा २ अर्ब ३७ करोड ८० लाख गरी कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकबीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्