पत्रकारहरुको सरुवा गरेको भन्दै फोटो पत्रकार क्लबको बिरोध



न्युज अफ नेपाल,काठमाडौं ।

अन्नपूर्ण दैनिकमा कार्यरत फोटो पत्रकार तथा पत्रकारहरुको सरुवाबिरुद्ध फोटो पत्रकार क्लबहरुले बिरोध जनाएका छन् । फोटो पत्रकार क्लब (पिसिजे) नेपाल र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालले संयुक्त बिज्ञप्ति जारी गर्दै बिरोध जनाएका हुन् ।

अन्नपूर्ण दैनिकका फोटो सम्पादक बिकास कार्की लगायत अन्य पत्रकारको सरुवा गरेको भन्दै क्लबहरुले बुधबार एक बिज्ञप्ति जारी गर्दै बिरोध जनाएका हुन् ।

श्रमजीवी पत्रकारहरुलाई संस्थाबाट निष्कासन गर्ने गलत मनसायले विभिन्न वहानामा सरुवाको नाटक मन्चन गरिएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन ब्यवस्थापन र सम्पादकीय पक्षसंग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्