रेमिट्यान्समा चलेको नेपाली अर्थतन्त्र



विप्रेषण नेपाली अर्थतन्त्रको प्रमुख शस्त्र हो । करिब ४४ लाख नेपाली जनता वैदेशिक रोजगारका ११० देशमा कार्यरत रहेका छन् । त्यसमध्ये अधिकांश अदक्ष खालका छन् । विप्रेषणलाई राष्ट्रिय पुँजी निर्माणको क्षेत्रमा उपयोग गर्दै विप्रेषण आप्रवाहमा आउन सक्ने कमीले अर्थतन्त्रमा पर्ने प्रभावको नियमित आँकलन र बाह्य क्षेत्र सन्तुलनको वैकल्पिक आधारको विस्तार उत्तिकै महत्वपूर्ण छ ।

कोरोना भाइरसको कारणले अबका दिनहरुमा रेमिट्यान्सको प्रभाव कति पर्नेछ, सोको बारेमा नियामक निकायले अध्ययन, अनुसन्धान गरेर मात्र त्यसअनुसारको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने देखिन्छ । जसले नेपालको भावी अर्थतन्त्रको बाटो तय गर्नेछ ।

अहिलेको कोभिड–१९ले गर्दा अधिकांशले जागिर गुमाउने उच्च जोखिममा छन् । त्यसको सीधा प्रभाव नेपालको आर्थिक एवं सामाजिक क्षेत्रमा पर्ने देखिन्छ । यसको व्यवस्थापन नेपाल सरकारका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

त्यस्तै स्थानीय स्तरमा पनि धेरैले रोजगारी गुमाउने अवस्था छ । खास गरी निजी उद्योग तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर । अहिले करिब २० प्रतिशत जति मात्र उद्योग तथा कलकारखाना आंशिकरुपमा सञ्चालनमा छन् । छिमेकी राष्ट्र भारत र चीनसँग यतिकै प्रतिस्पर्धा गर्न नसकेका उद्योगहरुको भविष्य कोरोनाका कारण अन्योल पर्न सक्ने देखिन्छ । अहिलेको प्रतिकूल समयपछि उद्योगधन्दाको व्यवस्थापन अर्को चुनौतीपूर्ण कार्य हुनेछ ।

वैदेशिक रोजगारीमा जानेको संख्याचाहिँ घटाऊ, तर रेमिट्यान्स बढाऊ, व्यापारघाटा कम गर, तर राजस्व एकदम धेरै बढाऊ, निक्षेपको ब्याज पनि धेरै देऊ, कर्जाको ब्याजदर भरसक कम राख भन्नेजस्ता दोहोरो कुराले कहिल्यै पनि एउटा लक्ष्यमा पुग्न असहज हुन्छ ।
– सत्य राई, इलाम ।

प्रतिक्रिया दिनुहोस्