सशस्त्रका डिआईजी र एसएसपीको सरुवा (सुचीसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी बलले आफ्ना उच्च अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्रालयले सशस्त्र प्रहरी बलको मुख्यालयको सिफारिसमा मंगलबार ती अधिकारीहरुको सरुवा गरेको हो ।

जसमा १४ डिआईजी र १७ एसएसपीहरुको सरुवा भएको छ । सरुवा हुनेमा एक नम्बर प्रदेशमा डिआईजी वंशिधर दाहाल, दुई नम्बरमा केपी ब्रह्मचार्य, तिन नम्बरमा मन्दिप श्रेष्ठ, चार नम्बरमा राजेन्द्र वस्नेत,उपत्यका हेर्ने बाहिनीमा प्रविण श्रेष्ठ, पांच नम्बरमा किशोर प्रधान र ६ नम्बरमा हरिशचन्द्र अधिकारी हुनुहुन्छ।

त्यसैगरी सिमा सुरक्षा विभागमा राजु अर्याल र चन्द्रप्रकाश गौतम र मानवस्रोत तथा प्रशासन विभागमा नारायणदत्त पौडेलको सरुवा भएको छ । उहाँलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

एसएपीहरु विदुर खड्कालाई पोखरास्थित हुलदंगा व्यवस्थापन तालिम शिक्षालय ,कुलबहादुर नेम्वाङ्गलाई ककनीस्थित युएन शान्ति तालिम शिक्षालय र इन्द्रराज कार्कीलाई नौवस्तास्थित सशस्त्र प्रहरी जवान तालिम शिक्षालयको प्रमुखमा सरुवा भएको छ ।

सुचि यस्तो छः

 

 

प्रतिक्रिया दिनुहोस्