समाचारको प्रभाव: प्रिमियरको अभिभावकसंग रोदन

४ बुदे पत्र जारी, हटेन वार्षिक शुल्क, अभिभावकको अडानः हचुवामा शुल्क तिर्दैनौ



न्युज अफ नेपाल, ललितपुर ।
खुमलटार स्थित प्रिमियर स्कुलले मनोमानी रुपमा तोकिएको शुल्क तिर्न इन्कार गरेपछि अभिभावक समक्ष रोदन गरेको छ । तर अभिभावकले विद्यालय प्रशासनले आधिकारीक पत्र नपठाएसम्म मासिक बाहेक कुनैपनि शुल्क नतिर्ने अडान दोहो¥याएका छन् ।

प्रिमियर स्कुलको ज्यादत्तीको विषयमा न्युन अफ नेपाल र नेपाल समाचारपत्रले लगातार समाचार प्रकाशित गरेपछि विद्यालयले अभिभावक संग केही छुट दिएको भन्दै ४ बुदें आग्रह गरेको छ ।

विद्यालयले लेटरप्याड प्रयोग नगरी खाली पेपरमा आग्रह गरेपछि अभिभावकले पत्रको आधिकारीकता माथि प्रश्न उठाएका छन् । उनीहरुले आफुहरु वार्ताबाट समाधान गर्न चाहेको तर स्कुलका निर्देशक पवित्रा लिम्बुले इन्कार गरेको आरोप लगाएका छन् ।

वार्षिक शुल्क लिनै पाइदैनःशुभाष भण्डारी, अध्यक्ष संस्थागत विद्यालय अभिभावक संघ

‘हाम्रो नियत शुल्क नतिर्ने होइन,वार्ता गरेर समस्या समाधान गर्न चाहन्छौ, तर मनोमानी रुपमा दबाब दिएर मनपरी शुल्क नतिर्ने अडान राखेका हौ–नाम नलेख्ने सर्तमा केही अभिभावकले भने ।

विद्यालय प्रशासनले अभिभावक प्रतिनिधि मार्फत पटक पटक मानशिक तनाब दिन खोजेको अभिभावको आरोप छ । स्कुलले जारी गरेको पत्रमा शैक्षिक सत्र बिसं २०७६ सालकै मासिक शुल्क यथावत राखि बिसं २०७७ सालको मासिक शुल्कमा १५ प्रतिशत शुल्क छुट कायम गर्ने निर्णय गरेको , भौतिक रुपमा विद्यालय नखुलेसम्म यातायात र खाना– खाजा शुल्क नलिने उल्लेख छ ।

विद्यालय सञ्चालन नै नभएको समयमा खाना र खाजा को त कुरै हुदैन, वार्षिक , पुस्तकालय , आइबी /आइसिटि र स्टेशनरी रकम किन तिर्ने ? अधिकांस अभिभावकको प्रश्न छ ।

विद्यालयले जारी गरेको पत्र कुनैपनि अभिभाकको हातमा परेको छैन । यही २६ गते जारी पत्र कस्ले ? जारी गरेको हो भन्ने प्रष्ट छैन । विद्यालयले जारी गरेको भए लेटर प्याडमा प्रिन्सिपलको हस्ताक्षर सहित जारी गर्नुपथ्र्यो केही पनि छैन–ती अभिभावकले भने ।

पत्रको बुदा नम्बर ४ मा कोभिड–१९ का कारण आर्थिक रुपमा असामान्य असर परीआफ्नो नानीबाबुको विद्यालयलाई तिनुपर्ने शुल्क कठिनाई भएका अभिभावकलाई व्यक्तिगत रुपमा विद्यालयमा सम्पर्क गर्न आग्रह गरीएको छ ।
विद्यालयले उल्लेखित कुराहरुको बारेमा भ्रम सिर्जना भई असुविधान हुन पुगेकोमा क्षमा माग्दछौ–पत्रमा भनिएको छ । पत्रमा केही समस्या र गुनासो भएमा विद्यालयका एक्जुकेटिभ सेक्रेटरी अर्पाणा शर्मालाई सम्पर्क गर्न आग्रह गरीएको छ ।

लक डाउनको अवधिमा झण्डै १ लाख ५० हजार सम्म शुल्क असुल्न ताकेता गरेपछि अभिभावकले शुल्क तिर्न इन्कार गरिसकेका छन् । शुल्क नउठेपछि आत्तिएको स्कुलले अझैपनि अभिभावकप्रति सहानुभुति नदेखाएको आरोप छ ।
‘वार्षिक र अन्य शुल्क मिनाहा नगरेसम्म शुल्क तिर्ने कुरै हुदैन बरु हामी आफ्ना छोराछोरीलाई विद्यालयबाट फिर्ता लैजान तयार छौ’ –विद्यालयको ब्यबहारप्रति अभिभावकको आक्रोस छ ।

‘स्कुललाई साच्चिकै अप्ठ्यारो परिस्थिति आइपरेको को भने हामी आर्थिक सहयोग गर्न तयार छौ, तर अभिभावक प्रतिनिधि(पिआर) मार्फत अनावश्यक दबाब दिएर मनपरी शिर्षकमा शुल्क उठाउन खोज्नु गलत प्रवृति हो–अभिभावको आरोप छ ।

नेपालको पहिलो आइबी पिवाइपी वल्र्ड स्कुलले गरेको व्यवहारको कारण स्थानीय निकाय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय समेत अचम्मित भएको छ । हामीले मन्त्रालय र ललितपुर महानगरपालिकामा मौखिक उजुरी ग¥यौ अहिलेसम्म कुनै निर्णय भएको छैन –अभिभावक भन्छन ।

संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुभाष भण्डारीले सो स्कुलले अभिभावकको भनाई प्रति वेवास्ता गरेको आरोप लगाउनुभयो । उहाले भन्नुभयो– वार्षिक शुल्क त तिर्ने कुरै आउदैन,मासिक शुल्क तिर्ने विषयमा सबै अभिभावकसंग कुराकानी गर्नुपर्छ ।

उहाले भन्नुभयो– विद्यालयको लेटरप्याड प्रयोग नगरी पठाएको पत्रलाई आधिकारकता मान्ने प्रश्न नआउने भन्दै यो अवस्थामा अभिभावकसंग छलफल नगरी मनपरी बील पठाउन पाइदैन ।

पत्रमा भनिएको छ– विद्यालयले अभिभावक र नानीवावुसंग प्रत्यक्ष भेट्न नसकेपनि प्रविधिमार्फत विद्यार्थीहरुलाई सहजिकरण गर्ने कार्यमा यहाहरुले गरेको सहयोग सहनीय छ । आशा छ यो संकटको घडी चाडै सकिने छ । यो संकटको घडीमा विद्यालयको बारेमा अनावश्यक भ्रामिक टिका टीप्पणी भएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएको हुँदा निम्न कुराहरु अनुरोध गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्