सडक बिगारेको भन्दै सुनाकोठी बासीको विरोध



न्युज अफ नेपाल, काठमाडौं ।
सडक मर्मत गर्न भन्दै एक वर्षदेखि ललितपुरको सुनाकोठीको सडक खनेर बिगारेपछि स्थानीयले बिरोध गरेका छन् । सातदोबाटो हुँदै चापागाउँ–लेले जाने उक्त सडक मर्मतको काम गरेपनि बिचमा रोकिएको थियो ।

स्थानीयले भने समयमै काम सम्पन्न नगर्दा यात्रा गर्न असहज पारेको आरोप लगाएका छन् । सुनाकोठी बासीले मंगलबार बिहानैदेखि सडक यातायात समेत अबरुद्ध पार्दै बिरोध गरेका छन् । ठेकेदारको कमजोरीले गर्दा सडकमा खाल्डा खुल्डी र हिलो भएको भन्दै स्थानीयले सडकमा रोपाई समेत गरेका थिए ।

त्यहाँको सडक अबरुद्ध भएपछि सवारीलाई धापाखेलको सडकमा डाईभर्ट गरिएको छ । सडक चौडा गरी सडक सुधार हुने भनेपनि स्थानीयको लगातारको आन्दोलनपछि मन्त्रीपरिषदले गएको कात्र्तिकमा उपलब्ध सडकको चौडामा मात्रै कालोपत्रे गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्