कोरोनाले ३८ खर्ब डलर क्षति



सिड्नी (एजेन्सी)
कोरोना भाइरसको महामारीले अहिलेसम्म ३ लाख ५७ हजार ४ सय १६ को ज्यान लिइसकेको छ । एक पछिल्लो सोधले कोरोना महामारी र त्यसको प्रसार रोक्न विश्वले करिब ३८ खर्ब डलर खर्च गर्नु परेको खुलासा भएको छ ।
यस महामारीका कारण करिब १४ करोड ७० लाखले रोजगारी गुमाउनु परेको छ । सिड्नी विश्वविद्यालयका विशेषज्ञहरुले महामारीले पुर्याएको क्षतिको विस्तृत आंकडा जारी गरेको छ । कोरोना भाइरसले सबैभन्दा धेरै यातायात उद्योगलाई नोक्सान पुर्याएको शोधले जनाएको छ । कोरोनाका कारण सबै उडान रद्द गरियो र विश्वभरीका देशहरु विशेष गरी एसिया, युरोप र अमेरिकाले आफनो ढोका पर्यटकका लागि बन्द गरियो । वास्तवमा विश्वभरी उडान रद्द हुनुले नै आर्थिक संकट उत्पन्न भएको र यसले ब्यापार पर्यटन, उर्जा तथा वित्तिय सेक्टरमा ठुलो उथलपुथल मच्चेको शोधले जनाएको छ ।
कोरोनाले विश्वब्यापी भइरहेको यो क्षति अझै बढ्न सक्छ, किनभने लकडाउनको कदम अहिले पनि जारी रहेको शोधकर्ताहरुले बताएको छ । यदि यसलाई छिटो नहटाइमा यसको लामो समय अर्थात अझ गम्भिर आर्थिक दुस्प्रभाव पर्ने निश्चित छ । यद्यपी कोरोना भाइरसको सकारात्मक संकेत पनि आएको छ । कोरोनाका कारण मानव इतिहासमा ग्रिन हाउस ग्यास उत्सर्जन अहिलेसम्मको सबैभन्दा कमी आएको छ ।
कोरोना भाइरसका कारण विश्वमा १४ करोड ७० लाख बेरोजगार हुनुले विश्व आर्थिक संकट आएको छ । विश्वको अर्थब्यवस्था आपस जोडिएकोले बेरोजगार तथा सबै उद्योग ठप्प हुनुले विश्व आर्थिक संकट आएको हो । विश्वमा खपतमा ४ दशमलव २ प्रतिशतले कमी आएको छ , जुन ३८ खर्ब डलर हो । यो जर्मनीको कुल जीडीपी बराबर हो ।

प्रतिक्रिया दिनुहोस्