सिटीमाथिको प्रतिबन्ध फुकुवा



 

लन्डन,  । इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर सिटीमाथि युरोपियन च्याम्पियन्स लिग फुटबलमा लागेको दुई सिजनको प्रतिबन्ध फुकुवा भएको छ ।

सोमबार ‘कोर्ट अफ अर्बिट्रेसन फोर स्पोर्ट’ ले सिटीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । यसअघि प्रतिबन्ध लागेपछि त्यसमा पुनरावलोकन गर्न सिटीले माग गर्दै अपिल दर्ता गरेको थियो ।

सिटीको अपिलमाथि सुनवाई गर्दै नियामक निकायको खेल न्यायलयले सिटीमाथि लागेको प्रतिबन्ध हटाएर त्यसलाई आर्थिक जरिवाना मात्र तिराउने निर्णय छ ।

जस अनुसार सिटीले अब १० मिलियन युरो जरिवाना तिर्नुपर्ने बताइएको छ । यससँगै सिटीले अब च्याम्पियन्स लिग खेल्न पाउने भएको छ । यसअघि सिटीमाथि आर्थिक नियम उल्लंघन गरेको अरोपमा सिजन २०२०/२१ र सिजन २०२१/२२ मा च्याम्पियन्स लिग खेल्न नपाउने गरी प्रतिबन्ध लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्