झनै महँगियो सुनको मुल्य



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो पटक नेपाली बजारमा सुनको मूल्यमा उच्च बृद्धि भएको छ । प्रतितोला दुई सय रुपैयाँले सुनको मुल्य बढेको छ । छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य सोमबार २०५ रुपैयाँले बढेर ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्