चीनको २७ प्रान्त बाढीबाट प्रभावित

दुई करोड बढीलाई सुरक्षित स्थानमा सारियो



न्युज अफ नेपाल, हुनान ।
केही दिनदेखि भईरहेको वर्षाका कारण चीनका अधिकांश भूभाग डुवानमा परेको छ । चीनको २७ प्रान्तमा डुवान र बाढीले प्रभावित बनाएको छ । सोमबार विहानसम्म एक सय ४१ भन्दा बढी मानिसले ज्यान गुमाइसेको छ भने बेपत्ता पनि हुन सक्ने बताईएको छ ।

डुवानकै कारण दुई करोड जनालाई सुरक्षित स्थानमा सारिएको छ । यसबाट ३७ करोड बढीलाई प्रभावित बनाएको जनाईएको छ । बाढीले गर्दा २८ हजार घरहरु पूर्णरुपमा द्धस्त भएको जनाएको छ । पछिल्लो आँकडाअनुसार बाढी र डुवानले गर्दा ११ अर्ब अमेरिकी डलर बराबरको क्षती भएको चीनीयाँ पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्