अव कोरोना परीक्षण नीजि क्षेत्रले पनि गर्ने, सरकारले दियो अनुमति



काठमाडौं । कोरोना संक्रमणबाट जनतालाई जोगाउन सरकारले काठमाडौँ उपत्यका चार सहित ६ वटा निजी प्रयोगशालालाई पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षण गर्न अनुमति दिएको बताएको छ ।

राजधानीका स्टार अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, सेन्ट्रल डाईग्नोस्टिक ल्याव र सूर्या हेल्थ कियरले अनुमति पाएको जनस्वास्थ्य प्रयोशालाले जानकारी दिएको छ ।
उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएको छ ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउने भएका छन । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा आएपनि परीक्षणको चाप बढेपछि मन्त्रालयले नीजि क्षेत्रलाई समेत परीक्षणको अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्