चीनमा शक्तिशाली भूकम्प



बेइजिङ, (एजेन्सी)
चीनको उत्तरी प्रान्त हेबेइ प्रान्तको तंगसान शहरमा आइतबार ५ दशमलव १ रिक्टर स्केलको भूकम्प आएको छ । भूकम्पले कसैको हताहत भएको जानकारी आएको छैन । उक्त भूकम्पको धक्का राजधानी बेइजिङलगायत वरपरका इलाकामा महसुस गरिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

भूकम्प बिहानै ६ बजेर ३८ मिनेट जाँदा आएको चीन भूकम्प नेटवर्क केन्द्रले जनाएको छ । भूकम्पको केन्दविन्दु गुय जिलामा जमिनको सतहबाट १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । त्यसपछि पनि ससाना

भूकम्पका धक्काको महसुस गरिएको थियो । अग्निसमनकर्मीहरुलाई भूकम्प प्रभावित क्षेत्रमा पठाइसकिएको छ । रेल विभागले उक्त इलाकाबाट जाने यात्रुवाहक रेल सेवामा रोक लगाउँदै तत्काल आपत्कालीन योजना शुरु गरेको र रेल उपकरण तथा अन्य सुविधाको सम्पूर्ण जाँच गरिरहेको जनाइएको छ ।

तंगसानमा सन् १९७६ मा इतिहासकै सबैभन्दा विनाशकारीमध्येको एक ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा कम्तीमा २ लाख ४२ हजारको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्