तिमी बिजी टिकटकमा



पछिल्लो समय लोकप्रियता कमाइरहेको टिकटक एप्सको नाम लिएर एउटा गीतमाथि म्युजिक भिडियो तयार भएको छ।
तिमी बिजी टिकटकमा बोलमा गीत तयार पारी त्यसमाथि म्युजिक भिडियो निर्माण गरिएको हो। गायक रवि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीतसमेत सम्झनाकै छ भने भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ।
गीतको म्युजिक भिडियोमा टिकटकका कारण परिवारमा आएको समस्यालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेले अभिनय गरेका छन्। निसान घिमिरेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्