कोरोना भाइरस संक्रमण नियन्त्रण अझै सम्भव छ : डब्ल्युएचओ



जनेभा (एजेन्सी)

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) प्रमुख टेड्रोस एडनाम गब्रेयसले कोरोना भाइरसलाई नियन्त्रण गर्न अहिले पनि सम्भव भएको बताएका छन् । इटाली, स्पेन, दक्षिण कोरिया र मुम्बइको धारावीको उदाहरण दिँदै ती स्थानमा स्थिति अत्यन्तै खराब रहेको तर तिब्रता पुर्वक कारवाही गरेपछि नियन्त्रण भएको उनले बताए ।

जहा प्रतिबन्ध हटेको छ त्यहाँ संक्रमण बढिरहेको डब्ल्युएचओले जनाएको छ । सामुदायिक सक्रियता, टेस्टिंग, ट्रेसिंग, आइसोलेसन र सबै रोगको उपचारमा केन्द्रित गरि कोरोनाको चेन तोड्नुले संक्रमण अन्तय गर्न सम्भव हुने डब्ल्युएचओ प्रमुखले बताए । हरेक देशको केही बाध्यता छ, जहाँ प्रतिबन्द हटेको छ, त्यहाँ संक्रमणको केसमा बृद्धी भइरहेको छ ।

यसतोमा सबैको एकजुटता र तिब्रता देखाए भने फाइदा हुन सक्ने उनले बताए ।यसबीच डब्ल्युएचओका आपतकालिन परियोजनाका प्रमुख डाक्टर माइक रेयानले वर्तमान परिस्थितिमा कारोना भाइरसलाई पुर्ण रुपमा समाप्त पार्न कठिन भइरहेको प्रतिक्रिया दिएका छन् ।

यद्यपी भिड हुने इलाकामा संक्रमण रोकेर कोरोनाको दोस्रो लहरको सबैभन्दा खराब चरण र फेरी लकडाउन जस्तो स्थितिबाट बचाउन सकिने छ । विश्वका १ सय ९६ देशमा २०१९ डिसेम्बर देखि अहिलेसम्म कोरोनाबाट १ करोड २८ लाख भन्दा बढी संक्रमित भइसकेका छन् ।

अहिलेसम्म ५ लाख ६७ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भइसकेको छ । भारतमा संक्रमित संख्या ८ लाख ५० हजार नाघेको छ भने २२ हजार ६ सय ७ को मृत्यु भइसकेको छ । संक्रमित संख्यामा दास्रो स्थानमा रहेको ब्राजिलमा अहिलेसम्म १८ लाख ४० हजार र सबैभन्दा बढी अमेरिकामा ३३ लाख ५५ हजार भन्दा बढी संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्