पाँच लाख बराबरको अफिम बरामद



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१९, नेवारपानीबाट प्रहरीले लागुऔषध अफिमसहित मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरीले चेक गर्ने क्रममा पाँच केजी अफिम र अफिम ओसार्न प्रयोग गरिएको पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

नेवारपानी प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत् नेवारपानीमा चेक गर्ने क्रममा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना. ४३ प ५७८४ नम्बर मोटरसाइकलबाट अफिम बरामद गरेको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । अफिम ओसार्ने दुई जना भने फरार छन् ।
प्रहरीको चेकिङ टोली देखेपछि उक्त अफिम भएको झोला छाडेर मोटरसाइकलमा सवार जंगलतर्फ भागेको प्रहरी प्रमुख राठौरले बताउनुभयो ।

असार १७ गते विहान करिब ४ः३० बजे अफिम बरामद भएको थियो । झोला चेक गर्दा लागुऔषध अफिम जस्तो देखिने ५ किलो कालोपदार्थ फेला परेकोमा उक्त पदार्थ परीक्षणका लागि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएकोमा उक्त पदार्थ अफिम भएको पुष्टि भएको हो । उक्त परिमाणको अफिमको अवैध बजार मूल्य करिब ५ लाख भएको प्रहरी उपरीक्षक राठौरले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्