बालाजुस्थित स्यानिटाइजर कम्पनीमा भीषण आगलागी,८ जना घाईते



न्युज अफ नेपाल,काठमाडौं ।

बालाजुस्थित एक सेनिटाइजर कम्पनीमा भीषण आगलागी भएको छ । आगलागीमा परेर ८ जना कामदार घाइते भएका छन् । घाईते मध्ये एकजनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी बृत्त बालाजुले जानकारी दिएको छ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको सेनिटाइजर कम्पनीको मेसिन पडकँदा कामदारहरु घाइते भएको बताइएको छ । घाइतेको पिपुल्स मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेका आफन्तले बिरामीलाई सुबिधा सम्पन्न अस्पतालमा लैजान माग गरेपनि उद्योगले कुनै चासो नदिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्