के मेस्सी र रोनाल्डो जुभेन्टसबाट खेल्ने पक्का भएको हो ?



वासिङटन, एजेन्सी ।

के लियोनल मेसी युभेन्ट्स जाँदै छन् त रु के मेसीले क्रिस्टियानो रोनाल्डोसँगै यूभेन्ट्सबाट खेल्छन् त रु धेरैजसो फुटबल प्रेमीको दिमागमा यस्तो काल्पनिक प्रश्न उब्जने गर्छन् । तर, यो कुरा असम्भव भने छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सकर स्टोरीजले ‌मेसीले अब फुटबलका अर्का चर्चित हस्ती क्रिस्टियानो रोनाल्डोसँगै यूभेन्ट्सबाट खेल्न सक्ने आंकलन गर्दै एउटा भिडियो रिपोर्ट तयार पारेको छ । हालसालै तयार गरिएको उक्त भिडियोमा मेसीको आगामी गन्तब्य यूभेन्ट्स हुनसक्ने प्रबल सम्भावना रहेको देखाइएको छ ।

बार्सिलोनासँग मेसीको सम्झौता २०२१ मा सकिँदै छ । तर, मेसीले बार्सिलोना छोड्ने कुनै आधिकारिक धारणा भने ब्यक्त गरेका छैनन् । हाल केही समययता बार्सिलोनामा खेलाडी र ब्यवस्थापनबीचको सम्बन्ध चिसिएको छ । यसबाट मेसी पनि अछुटो छैन । यसकारणले पनि मेसीले बार्सिलोनासँग सम्झौता लम्ब्याउनेमा आशंका नै रहेको विभिन्न स्रोतले जनाएका छन् ।

यदि त्यसो हो भने मेसीको आगामी रोजाइमा कुन क्लब पर्लान् त रु यो एउटा जिज्ञासाको विषय पनि हो । यसै सिलसिलामा मेसीको आगामी गन्तव्यको बारेमा सकर स्टोरिजले उक्त भिडियोमार्फत मेसी यूभेन्ट्समा जान सक्ने बारेमा चर्चा गरेको छ । अर्जेन्टिनाका स्टार खेलाडी मेसीले आफ्नो क्लब बार्सिलोना छाड्न सक्ने हल्ला चलेको छ । त्यसैकारणले अहिले उनलाई इटालियन सिरी ए क्लब यूभेन्ट्ससँग जोडेर हेर्न थालिएको छ ।

भिडियोमा यदि मेसीले बार्सिलोनाबाट बिदा लिएमा यूभेन्ट्स पहिलो विकल्प हुनसक्ने देखाइएको छ । पोर्चुगिज स्टार रोनाल्डो सो क्लबमा रहेकाले पनि मेसी यूभेन्ट्समा जानुपर्ने बताइएको छ । यदि मेसीले रोनाल्डोको क्लब यूभेन्ट्सलाई रोजेमा ढल्दै गरेको उमेरका यी दुईबीचको चर्चाले विश्व फुटबल पुनस् एक पटक तात्तिने अनुमान गरिएको छ । यसले बितेको एक दशकभन्दा अघिदेखि विश्व फुटबलमा राज गर्दै आइरहेका यी दुवै जना एउटै क्लबबाट खेलेको हेर्न चाहनेको सपना पनि पूरा हुनेछ । ब्राजिलका पूर्व स्टार रिभाल्डोले पनि केहि एजेन्टले यी दुवै स्टारलाई एउटै टिमबाट खेलाउन लागिपरेको बताएका छन् । उनले भने,(-‘सोचौ त यदि दुवैजना एउटै टिमबाट खेलेमा विश्व फुटबलको रुप कस्तो हुनेछ ।’

यदि यूभेन्ट्सबाट यी दुवैले सँगै खेलेमा क्लबले चर्चा कमाउने त छँदैछ, त्यसबाहेक आर्थिक रुपमा पनि युभेन्ट्सलाई नसोचेको फाइदा हुनेछ । क्लबले मार्केटिङ्ग, विज्ञापन, शेयर, गुडविल लगायत अन्य सामग्रीबाट समेत मनग्गे आम्दानी गर्नेछ । दुई वर्षअघि रोनाल्डो रियल मेड्रिडबाट यूभेन्ट्समा भित्रिंदा रोनाल्डो लेखिएको यूभेन्ट्सको जर्सी बिक्री वितरणले रेकर्ड बनाएबाट यसको पुष्टि हुन्छ । रिपोर्टअनुसार चौबीस घन्टा भित्र रोनाल्डो लेखिएको पाँच सय बीस हजार युभेन्ट्सको जर्सी बिक्री वितरण भएको जनाएको थियो ।

भिडियोमा यदि यूभेन्ट्स रोजाईमा नपरे सिरी ए को अर्को टोली इन्टर मिलान पनि मेसीको अर्को गन्तव्य बन्न सक्ने बताइएको छ । यदि त्यसो भएमा विगत एक दशकदेखि स्पेनिस ला लिगामा चिर प्रतिद्वन्दी रहेका यी दुईले त्यही स्वाद इटालियन फुटबलमा पनि पस्कने छ । विगत एक दशकयता रियल मेड्रिड र बार्सिलोनाबीच हुने एल क्लासिको म्याचमा यी दुई खेलाडीको संलग्नताले विश्व फुटबललाई तताउँदै आएका थिए ।

उमेर ढल्कन थालेपछि खेलाडीहरुको रोजाईमा इटालीयन सिरी ए र अमेरिकाको मेजर लिग सकर पर्ने गरेको विगतका घटनाक्रमले देखाएका छन् । यो प्रचलन बढ्दो पनि छ । यसअघि पनि नाम चलेका थुप्रै खेलाडीहरुले इटालीलाई करियरको उत्तरार्द्धमा रोजेका थिए । उदाहरणका लागि नाम लिनुपर्दा ब्राजिलका रोनाल्डो, रोनाल्डिन्हो होस् वा इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम, करियरको अन्तिम समयमा यी चर्चित अनुहार इटालियन क्लबमा आबद्ध भएका थिए । त्यसैको निरन्तरता स्वरुप ३५ वर्षीय क्रिस्टियानो रोनाल्डोले पनि अहिले यूभेन्ट्सबाट खेल्दै छन् । जसलाई निकट भविष्यमा ३३ वर्षीय मेसीले पनि नपछ्याउलान् भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्