निरौलाको सपोर्टमा बोल्दा केकीलाई गालीको ओइरो



न्युज अफ नेपाल, काठमाडौँ ।

केही दिन अघि एक टेलिभिजन कार्यक्रममा हास्यकलाकार दिपाश्री निरौलाले दिएको अभिव्यक्तिले समाजिक सञ्जालमा तहल्का मच्चाएको छ । कार्यक्रममा निरौलाले राजेश हमाल महानायक नभएको आशयमा कुरा राखेकी छन् । उनको यस अन्तर्वार्ता बाहिरीएसँगै उनको व्यापक विरोध भएको छ ।

पछिल्ला केही दिनमा यसै विषयलाई लिएर विभिन्न कलाकारले आफ्नो अभिव्यक्ति दिइरहेका छन् । नेपाली फिल्म क्षेत्रका अग्रज कलाकारले निरौलाको अभिव्यक्तिको खण्डन गरेका छन् भने नव कलाकारहरुले सकथ दिएका छन् ।

अभिनेत्री केकी अधिकारीले निरौलाको साथ दिएपछि सामाजिक सञ्जालमा उनीविरुद्ध गालीगलौज आउन लागेको छ । धेरै जसो मानिसले कलाकारीता क्षेत्रबाट हराउनै लाग्दा निरौलाको फिल्ममा काम पाएका कारण उनैको साथ दिएको समेत जनाएका छन् । सामासजक सञ्जाल फेसबुकमा अधिकारीले निरौला महिला भएकै कारण उनी अनावश्यक विवादमा तानिएको बताएकी छन् ।

अधिकारीको फेसबुक स्टाटस : 

बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो। सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो।

म एकछिन घोत्लिए अनि सोचेँ, गल्ती त हाम्रै हो नि दीपा दी,पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो। ल त्यस्मा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफल चाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुला , अनि फेरि तपाईंले भयंकर गर्नुभो के , होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो। यो त पराकाष्ठा नै भैगोनी।

गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त। अनि थाहा पाइपाइ यत्रो अपराध गरिदिने? हामीलाई तेस्तो अनुमती छ र? यहाँ कुनै दीपा, पूजा , बर्षालाई गल्ती गर्ने छुट छैन है। भन्देको छु नी। मान्छे बन्ने कोशिस नगर्नु।

ल आमा तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है। मैले तेस्तो केही लेखेको छैन। हाम्रो समाजकै समर्थनमा लेखेकी छु। मैले मरनासन्न हुने गरि गाली खान्न होला। मेरो चरीत्र जोगिन्छ होला।

प्रतिक्रिया दिनुहोस्