स्कुलमाथि वामपन्थ विचार फैलाइरहेको ट्रम्पको आरोप



वासिङ्टन, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी स्कुलमा कट्टर वामपन्थी भावना सिकाइ भइरहेको आरोप लगाएका छन् । अमेरिकाको मिनियापोलिसमा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युपछि भड्केको हिंसाका लागि ट्रम्पले वामपन्थलाई जिम्मेवार बताएका थिए ।

उनले उक्त घटनालाई लिएर जारी आन्दोलनका पछाडि पनि वामपन्थी विचारधारालाई मान्ने एन्टिफाले काम गरेको बताएका थिए । ट्रम्पले ट्विटमा लेखेका छन्– ‘धेरैजसो विश्वविद्यालय र स्कुल शिक्षालाई पन्छाएर कट्टरपन्थ वामपन्थ भावना प्रसारित गरिरहेका छन् । त्यसैले म ट्रेजरी विभागलाई भनिरहेको छु कि आफ्नो कर मुक्तस्थिति वा लगानीलाई पुनः जाँच गरून् । जसलाई यस विचारधाराको प्रचार वा कानुनविरुद्ध देखिएमा अन्त्य गरिनेछ । हाम्रा बच्चा शिक्षित हुनुपर्छ, उनीहरूलाई प्रेरित गर्ने होइन ।’

अमेरिकामा फासीवादको विरोधीहरूलाई अन्टिफा (एन्टी फासिस्ट) भन्ने गर्छ । अमेरिकामा अन्टिफा आन्दोलन उग्रवादी, वामपन्थी र फासीवादी विरोधी आन्दोलनका लागि प्रयोग गरिएको छ । यिनीहरू नवनाजी, नवफासीवाद, श्वेत वर्चश्व र रंगभेदविरुद्ध हुने गर्छन् र सरकारको विरोधमा उभिन्छन् । यस आन्दोलनका पक्षधर सामान्यरूपमा शान्तिपँर्ण प्रदर्शन र जुलुस गर्छन् । यद्यपि विरोधका क्रममा हिंसालाई निषेध भने गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्