नर्विच सिटी रेलिगेसन भयो



लन्डन, (एजेन्सी)

नर्विच सिटी यस सिजनको इंग्लिस प्रिमियर लिगबाट रेलिगेसन हुने पहिलो क्लब बनेको छ । शनिबार भएको खेलमा वेस्ट ह्यामसँग ४–० ले हारेपछि नर्विच रेलिगेसन भएको हो । यो टोलीको जारी लिगमा लगातार सातौं हार समेत हो । ३४ खेलमा २१ अंक जुटाएको टोली गत सिजनमा च्याम्पियनसिप जितेर प्रिमियर लिगमा बढुवा भएको थियो ।

प्रिमियर लिगमा तीन टोली रेलिगेसनमा रहने प्रावधान अनुसार बाँकी दुई टोलीको निधो हुने बाँकी छ । हालसम्म ५ टोली रेलिगेसनबाट बच्न संघर्षे गरिरहेका छन् । जसमा तीन टोलीको बच्ने छन् भने दुई टोली रेलिगेसनमा पर्नेछन् ।

बर्नमाउथ र एस्टन भिल्ला क्रमशः २८ र २७ अंकसहित रेलिगेसन क्षेत्रमा रहेका छन् । जबकी ब्राइटन, वेस्ट ह्याम र वाटफोर्ड रेलिगेसन क्षेत्रबाहिर छन् । तर यी तीनै टोली रेलिगेसनबाट सुरक्षित भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्